२०७८ चैत्र २५, शुक्रबार ०७:४८

रौतहटको गढिमाई नगरपालिका कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।

नगर प्रमुख श्याम प्रसाद यादवले विहीबार एक समारोहकाबीच नगरपालिका कार्यालयको नयाँ भवनको उद्घाटन गरेका हुन् । गढिमाई नगर प्रमुख यादवले समनपुर स्थित नगरको ३ करोडको लागतमा निर्माण भएको तीन तले ३२ वटा कोठा भएको भवनको उद्घाटन गरेका छन् । भवनको उद्घाटन गर्दै प्रमुख यादवले नगरपालिकाले अब आफ्नै भवनबाट सेवा प्रवाह गर्ने बताए । ६ वटा हल, मेयर, उपमेयर, लेखापालको छुट्टाछुट्टै कार्यकक्ष सहितको भवन निर्माण भएको छ। नगरपालिकाको आफ्नो भवन नहुँदा स्थानीय सरकार गठन भएदेखि नै नगरपालिकाको कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएको छ । रौतहटको अधिकांश पालिकाको आफनो भवन नहुँदा भाडाको घरमा सञ्चालन भइरहेको अवस्थामा नगर प्रमुख यादवले तीन वर्ष लगाएर नगरपालिकाको आफ्नै भवन निर्माण गर्न सफल भएका छन् ।

नगरको आफनै भवन निर्माण भएपछि अब दैनिक प्रशासनिक कार्यमा सहज हुने विश्वास गरिएको छ । उद्घाटन कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, लेखापाल कामेश्वर सहनी, अन्य कर्मचारी, राजनैतिक दलका नेता, जनप्रतिनिधि एवं स्थानीयहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News