किसानहरुलाई व्यवसायिक रुपमा तरकारी खेती गरी आत्म निर्भर बनाउन तथा बजारीकरण गर्नका लागि तरकारी उत्पादक कृषक र व्यापारी बीच व्यवसायिक विकास सम्बन्धी छलफल कार्यक्रमको आयोजना गरिएको छ ।
महोत्तरीको लोहारपट्टी स्थित आधारभूत विद्यालयको प्रागंणमा कृषि विकास बैंक जलेश्वर शाखाले सो छलफल कार्यक्रमको आयोजना गरेको थियो । छलफलमा किसानले उत्पादन गरेको दुग्धको उचित मूल्य नपाएपछि समस्यामा परेको त्यस्तै तरकारी लगायतको उत्पादनले उचित बजार नपाउँदा खेतमै कुहिएर खेर जाने तथा किसानलाई आर्थिक क्षति हुने गरेका कारण मूल्य श्रृंखला मार्फत उचित बजारीकरण कसरी गर्ने भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा कृषि विकास बैंक जलेश्वर शाखाका प्रवन्धक सगमलाल रायले किसानले उत्पादन गरेको तरकारी उचित मूल्य तथा बिक्री वितरण नहँुदा मार्कामा परेको भन्दै आरपीएफएस एपीआईए परियोजना कार्यक्रम मार्फत सो समस्या समाधान हुने बताए ।
किसानले उत्पादन गरेको स्वच्छ र स्वस्थ दुग्ध,माछा लगायतका उत्पादनलाई कार्यक्रम मार्फत खेतदेखि बजार सम्म पु¥याउने कार्यमा कृषि बिकास बैंकले सहजीकरण गर्ने जनाइएको छ । कार्यक्रमसंगै किसानहरुलाई बिस्तारै डिजिटलाईजेशन गर्ने र किसान कार्ड मार्फत क्यासलेस बनाउने सरकारको नीति रहेको छ । मधेश प्रदेशमा २० हजार घर परिवारलाई यस कार्यक्रम मार्फत प्रत्यक्ष फाइदा पुग्ने विश्वास व्यक्त गरिएको छ । सो छलफल कार्यक्रममा बैंकका लोहारपट्टी शाखा प्रबन्धक शोभित साह,वडा सचिव रामपदार्थ साह,आईएफएडीका फिल्ड फैसिलिटेटर छोटु कुमार झा,सहयोगी सुनिल कुमार यादव ,सुनिता मण्डल,दुग्ध किसान समूहका अध्यक्ष शत्रुधन यादव,किसानहरु विल्टु यादवलगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

