२०७८ चैत्र २६, शनिबार ०७:३६

मलंगवा । आठ वर्षीय बालकको अपहरण गरी हत्या गरेको आरोपमा सर्लाही प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मलंगवा नगरपालिका–१२ गम्हरियाका ६० वर्षीय जगदिश बडही, उनका छोरा २१ वर्षीय कृष्ण ठाकुर, बुहारी १८ वर्षीया निरुता शर्मा, सोही ठाउकी २५ वर्षीया संगीता बडही, करियकवा भन्ने सुनिल ठाकुर बडही, ५० वर्षीय नेवा ठाकुर र वडा नं. ११ का ३१ वर्षीय राकेश ठाकुरलाई बालकको हत्या आरोपमा पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी माधव प्रसाद बुढाथोकीका अनुसार मलंगवा– १२ गम्हरियाका जितेन्द्र ठाकुरका ८ वर्षीय छोरा मिठु भन्ने आकाश ठाकुरको हत्या आरोपमा यिनीहरुलाई पक्राउ गरिएको हो । कबाल ठाकुरको शव विहीबार छिमेकीको सेफ्टी ट्यांकी भित्र फेला परेको थियो । पक्राउ परेकाहरुलाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ । आइतबार राती गाउँमै न्वारनको भोज खान गएपछि बालक ठाकुर बेपत्ता भएका थिए । बालक वेपत्ता भएको सूचना पश्चात प्रहरीले खोजतलास गर्दै गर्दा बालकका आफन्तसंग फेसबुक म्यासेन्जरमा १५ लाख रुपैयाँ फिरौती माग गरिएको थियो ।

प्रहरीमा यस बारे जानकारी भएपछि प्रविधिको प्रयोग गरी सूक्ष्म अनुसन्धान गर्दा पक्राउ परेका व्यक्तिहरुको संलग्नता खुलेको सूचना अधिकारी बुढाथोकीले बताए । घटनामा संलग्नलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा बालकलाई जगदीश बडहीको घरको माथिल्लो तल्लामा लगी हत्या गरी शवलाई प्लाष्टिकको बोरा भित्र राखी जगदीशको घरको शौचालयको सेफ्टी टंयाकी भित्र लुकाएको तथ्य खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुमाथि अपहरण तथा शरीर बन्धक बनाइ कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद लिइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=hd4sIgvcOh8

Comment


Related News

Latest News

Trending News