कलैया । नेकपा एमाले एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पाँच दलीय गठबन्धनलाई अझै प्रगाढ बनाउनका लागि स्थानीय तहको निर्वाचनमा समेत गठबन्धन कायम रहनु पर्ने बताएका छन् ।
कलैयामा शुक्रबार समाजवादी प्रेस संगठन बाराले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले गठबन्धनको सरकारले नागरिकलाई अमन चयन दिलाउने दिशामा अग्रसर भइ शान्ति र सुव्यवस्था कायम राख्दै अगाडि बढेकोले गठबन्धन जारी रहनेमा आफू विश्वस्त रहेको बताए । बैशाख ३० को आसन्न स्थानीय तहको निर्वाचनका लागि काम तीव्र रुपमा अगाडि बढिरहेको बताउँदै नेता नेपालले निर्धारित समयमा निर्वाचन हुनेमा आफू आशावादी रहेको उल्लेख गरे । केही समस्या उत्पन भइ राष्ट्रिय सहमति जुटेको खण्डमा तीनै तहको निर्वाचन मंसिर सम्ममा हुन सक्ने सम्भावना समेत उनले व्यक्त गरे । गठबन्धनलाई कमजोर पार्ने, भत्काउनका लागि केही शतिmहरु लागि परेको बताउँदै उनले भने,‘ हामी गठबन्धन दलका नेताहरु पूर्ण रुपमा सजग र सचेत छौं।
प्रतिगमनकारी शक्तिको विरोधको जग र लोकतन्त्र पक्षधरहरु छौं ।’ नेता नेपालले नागरिता बिधेयक अहिले सदनमा ’कानूनको अभावका कारण अड् किरहेको जानकारी दिँदै राष्ट्रिय सहमति जुटाएर नागरिकता ऐन पारित गर्ने दिशामा प्रधानमन्त्री शेर बहादुर देउवासंग परामर्श भईरहेको जानकारी दिए । मधेशमा नागरिकताको ठूलो समस्या रहेको र यसको निदान छिट्टै गरिनेमा गठबन्धन गभीर रहेको उनको कथन थियो । प्रेस संगठन बाराका अध्यक्ष अजय साहको सक्रियतामा भएको सो कार्यक्रमका समाजवादी पार्टीका नेताहरु नगेन्द्र चौधरी, दिनेश राई, सुन्दर विश्वकर्मा लगायतको सहभागिता रहेको थियो । नेता नेपाल पार्टीको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई समेत सम्बोधन गर्दै स्थानीय तहको निर्वाचनमा होमिन निर्देशन समेत दिए ।

