२०७८ चैत्र २६, शनिबार ०८:३७

गौर । रौतहट जिल्लाको इशनाथ नगरपालिकाको नगर प्रमुखको पदमा आफ्नै श्रीमतीलाई उम्मेदवार बनाउन नेपाली कांग्रेसका एक जना प्रदेश सांसद कसरत थालेका छन् ।

२०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा फोरम लोकतान्त्रिक पार्टीको उम्मेदवार सन्तोष मेहताबाट पराजित भएकी नेपाली कांग्रेसका नगर प्रमुखको उम्मेदवार कौशल्या देवी सिन्हालाई दोस्रो पटक पनि उम्मेदवार बनाउने तर्फ उनका श्रीमान रौतहट निर्वाचन क्षेत्र २ क प्रदेश सभा सदस्य नागेन्द्र प्रसाद सिन्हा विभिन्न हत्कण्डाहरु अपनाउन थालेको स्रोतले जनाएको छ । नेपाली कांग्रेसले बैशाख ३० गतेमा हुन गइरहेको दोस्रो पटकको स्थानीय तहको निर्वाचनमा पुनः श्रीमतीलाई नै टिकट हुनु पर्ने साेंच लिएर गठित नगर कमिटीका सदस्यहरुको गोप्य रुपमा हस्ताक्षर संकलन गर्ने कार्य सुरु गरेको स्रोतले जनाएको छ । नेपाली कांग्रेसले आसन्न निर्वाचनको लागि पार्टीबाट अर्को महिला उम्मेदवार अन्जु झालाई उम्मेदवार बनाउन लागेकोमा त्यसको विरुद्ध प्रदेश सांसद सिन्हाले विभिन्न किसिमका सड्यन्त्र गर्न थालेको नेपाली कांग्रेसका ६ नम्बरका वडा सभापति जवाहिर साहले आरोप लगाए । उनले भने ,‘गोप्य रुपमा कसैलाई कुनै जानकारी नदिएर रजिस्टरमा हस्ताक्षर गराउने कार्य भइरहेको छ । नेपाली कांग्रेसले टिकट नदिए पार्टी परित्याग गर्ने मनसाय समेत सिन्हा निकट बताउँछन् ।’

नेपाली कांग्रेसका पार्टीगत विभिन्न पदहरु आफ्नो परिवार भित्र नै हात पार्ने सफल भएका प्रदेश सांसद सिन्हाले मेयर पद पनि आफ्नै घरमा राख्ने सोच लिएर अघि बढ्दै गएको वडा नम्बर ४ का वडा सभापति शेख वकिलको भनाइ रहेको छ । प्रदेश सांसद सिन्हाले मेयर पदको दाबेदार श्रीमती रहेको स्वीकार गरेको छ । गोप्य रुपमा हस्ताक्षर गराउने विषयमा इन्कार रहेका सिन्हाले बैठकको लागि सहि गराउने गरेको बताएका छन् । पत्नीलाइ टिकट नदिए पार्टी परित्याग गर्ने विषयमा सांसद सिन्हाले भने पार्टी टिकट नदिए पनि कांग्रेस मै बस्ने बताए । अरुलाई टिकेट दिएमा अन्तर्घात नगरी पार्टीको नाताले सहयोग गर्ने समेत उहाले बताए । समाचार र्स्रोतका अनुसार प्रदेश सांसद सिन्हाले मेयरमा पत्नी , उमेयरमा आफ्नो परिवारका भाई तथा वडा अध्यक्षमा भतिजोलाइ उम्मेदवार बनाउने सोच बनाएको छ ।

Comment


Related News

Latest News

Trending News