२०७८ चैत्र २६, शनिबार ०८:४५

जनकपुरधाम । राष्ट्रिय भूमि आयोगका धनुषा जिल्ला कमिटीका पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् ।

शुक्रबार जनकपुरधाममा आयोजित एक समारोहबीच आयोगका सदस्यहरु कविता यादव,रामकुमारी तथा रामगोविन्द यादवले सपथ ग्रहण गर्दै पदभार सम्हालेका हुन् । आयोगका धनुषा जिल्ला अध्यक्ष सुरेश कोइरालाको सक्रियतामा भएको सो सपथ ग्रहण कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति रामदेव यादव बनरैत,उपसभापति दिपक कुमार झा,मालपोत कार्यालय धनुषाका प्रमुख सुनिल झा,नापी कार्यालयका प्रमुख सुमन किशोर मिश्र,जिल्ला वन कार्यालयका प्रमुख अजय कुमार मिश्र,विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरुको उल्लेखनीय सहभागिता रहेको थियो । गत फागुन १७ गतेको मन्त्रिपरिषदको बैठकले भूमिहीनहरु तथा सुकुम्वासीहरुको समस्या समाधानका लागि राष्ट्रिय भूमि आयोगको गठन गरेको थियो । सो अन्तरगत विभिन्न जिल्ला स्तरीय कमिटीमा पदाधिकारीहरु मनोनयन गर्ने काम समेत भएको छ । आयोग गठन भए पछि भूमिहीनहरुको समस्या समाधान हुने भएको छ ।

Comment


Related News

Latest News

Trending News