२०७८ चैत्र २७, आईतवार ०७:१९

लहान । सिरहा जिल्लाको एक गाउँपालिकाका नायब सुब्बाले गत आर्थिक वर्षमा ३४ लाखभन्दा बढी राजस्व रकम गायब गरेको तथ्य खुलेको छ ।

सिरहा जिल्लामा यस किसिमको प्रवृति अन्य निकायमा रहे पनि सुब्बाको तथ्य उजागरले नया तरंग उत्पन्न भएको छ । सिरहाको विष्णुपुर गाउँपालिकाको राजस्व शाखामा कार्यरत नायब सुब्बा महेन्द्रप्रसाद यादवले गत आर्थिक वर्ष ०७७÷७८ मा संकलन भएको ५५ लाख २७ हजार ७७ रुपियाँमध्ये ३४ लाख २३ हजार ७९० रुपियाँ बैक दाखिला नगरी गायब गरेको आरोप छ । यादवले उक्त रकम बैङ्क दाखिला नगरेको कुरा महालेखा परीक्षणको प्रतिवेदनबाट खुलेपछि गाउँपालिकाले रकम दाखिला गर्न पटकपटक मौखिक ताकेता गरेको थियो । तर, मौखिक ताकेताबाट पनि नासु यादवले रकम दाखिला गर्न आलटाल गरेपछि प्रमुख प्रशासकीय अधिकृत दीपकुमार यादवले गत चैत १५ गते तत्काल रकम जम्मा गर्न निर्देशनसहितको पत्र नै नासु यादवलाई जिम्मा लगाएका थिए । ‘नासु यादवले रकम दाखिला नगरी गायब गरेको कुरा आफूले थाहा पाउने बित्तिकै जम्मा गर्न निर्देशन दिएको हुँ। तर, उनले आलटाल गरेपछि मैले उनको नाममा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ बमोजिम २५ प्रतिशत जरिवानासहित रकम बुझाउन पत्र काटेको छु’, नासु यादवले जानकारी दिदै भने, ‘अब उनले जरिवानासहित गाउँपालिकालाई ४२ लाख ७९ हजार ३३७ रुपियाँ बैङ्क दाखिला गर्नुपर्नेछ।’

वर्तमान प्रशासकीय प्रमुख दीपकुमार यादवले रकम दाखिला गर्न नासु यादवलाई पत्राचार गरेपछि मात्रै यो विषयले चर्चा पाएको हो। उक्त रकम गायब हुनुमा नासु यादव, गाउँपालिकाका अध्यक्ष जागेश्वर यादव र तत्कालीन प्रशासकीय अधिकृत रवीन्द्र महतबीच मिलेमतो रहेको आशंका गरिएको छ । सिरहा लगायत अन्य जिल्लामा पनि यस किसिमका घटना पटक पटक भइरहेको छ ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=hd4sIgvcOh8

Comment


Related News

Latest News

Trending News