जनकपुरधाम । आइतबार देशभरि सार्वजनिक विदा दिइएको छ ।
संघीय सरकारको गृहमन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै रामनवमीको अवसर पारेर आइतबार सार्वजनिक विदा दिएको हो । मधेश प्रदेश सरकारले प्रदेशको राजधानी जनपकुरधाममा रामनवमीको अवसरमा प्रत्येक वर्ष विदा दिँदै आएपनि नेपाल सरकारले भने यस वर्ष मात्रै विदा दिएको हो । आगमी वर्ष २०७९को क्यालेण्डरमा समेत संघीय सरकारले रामनवमीको अवसरमा सार्वजनिक विदाको उल्लेख गरिएको छैन भने विगतका वर्षहरुमा पनि संघीय सरकारले यस अवसर विदा दिने गरेको थिएन। यता मधेश प्रदेश सरकारले जारी क्यालेण्डरमा भने रामनवमीको अवसरमा प्रत्येक वर्ष विदा दिइने उल्लेख गरिएको छ । युक्रेन र रुस बीच भइरहेको युद्धका कारण वैश्विक रुपमा पेट्रोलिम पदार्थको भाउ वृद्धिले हुन सक्ने अभावको जोखिमलाई मध्ये नजर गर्दै विदा दिएको बताइएको छ ।

