जनकपुरधाम । लामो समयदेखि निर्माण व्यवसायी बलराम महतो आसन्न निर्वाचनमा जनकपुरधाम उपमहनगनरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
शनिबार रमण कन्सट्रक्सनको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले सो घोषणा गरेका हुन् । सम्मेलनमा उनले आफू राजनीतिक नभइ जनकपुरधामको विकासको लागि मेयरमा आकाँक्षी रहेको बताउँदै कुनै दलबाट नभइ स्वतन्त्र बाट मेयरमा उम्मेदवारी दिन लागेको बताए । ३० वर्ष निर्माण व्यवसायीको रुपमा काम गरेका महतोले पेशाबाट सन्यास लिँदै जनकपुरधामको विकासका लागि उम्मेदवारी दिने घोषणा गरेको जानकारी दिए । आफूलाई अब केवल समाजसेवा र जनकपुरधामको विकासका लागि केन्द्रित भइ काम गर्ने रहर रहेकोले उम्मेदवारी घोषणा गरेको उनले बताए । ‘मैले मेरो सीप र श्रम भौतिक निर्माण क्षेत्रमा प्रयोग गरेको थिएँ’, उनले भने, ‘अब नगरको विकास गर्नुपर्छ भन्ने आफूलाई लागेपछि जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदको लागि तयारीमा जुटेको छुँ ,मौका पाएँ उत्कृष्ट गरेर देखाउनेछुँ।’ उनले जनकपुरधामको महत्वाकांक्षी आयोजना नेपाल रेल्वेको ट्रयाक लाइनदेखि विदेशीको मुख्य आकर्षण र देशकै गौरवको आयोजना धरहरा पुनर्निर्माण गर्ने सौभाग्य समेत आफूले पाएकोमा गौरवान्वित महसुश भएको र आफूले भ्याए सम्म उत्कृष्ट काम गरेको दाबी गरे पनि उनले गरेको निर्माण कार्यहरु गुणस्तरहीन रहेको आम नागरिकको कथन रहेको छ ।
उनले निर्माण गरेको सडक लगायतको संरचनाको ढल देखि पुल पुलेसा सम्ममा व्यापक आर्थिक अनियमितता रहेको र निर्माणाधिन सडकहरु भासिने गरेकोले आम जनतामा उनको छवि नराम्रो देखिएको छ ।

