२०७८ चैत्र २७, आईतवार ०८:११

सप्तरीको प्रसिद्ध राजविराजको हरिनन्देश्वर महादेव मन्दिरमा नयाँ वर्ष २०७९को अवसरमा महाअष्ट्यामको अयोजना गरिने भएको छ ।

मन्दिर व्यवस्थापन समितिको शनिबार बसेको बैठकले नयाँ वर्षको सुरुवात हुने आगामी बैशाख १ गते विहीबारका दिन मन्दिर परिसरमा २४ घण्टे महाअष्ट्याम पूजाको आयोजना गर्ने निर्णय गरेको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ध्रुब देवले नयाँ वर्ष सबैका लागि सुखमय, समृद्धि, शान्ति र कल्याणकारी होस् भन्ने कामना सहित २४ घण्टे महाअष्ट् याम गर्न लागिएको बताए । उक्त धार्मिक कार्यक्रममा ५० हजार भन्दा बढी भक्तजन आउने विश्वास गरिएको कोषाध्यक्ष प्रमोद कावराले बताए ।

धार्मिक आयोजनालाई भव्य र व्यवस्थित बनाउन समितिका सदस्य गंगा प्रसाद यादवको संयोजकत्वमा आर्थिक तथा समितिका सल्लाहकार राजिव कुमार दासको संयोजकत्वमा महाअष्ट्याम पूजा व्यवस्थापन समिति गठन गरी आवश्यक तयारी सुरु गरिएको सचिव देवराम यादवले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News