एक साता अघि जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेकी सिरहाको औरही गाउंपालिकाकी उपाध्यक्ष सीता कुमारी यादव नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् ।
शनिबार कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवले गापा उपाध्यक्ष यादवलाई फूल माला र अबिर लगाएर पार्टीमा स्वागत गरे । उनी तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट गाउंपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । अपेक्षा गरे अनुसार जसपाबाट सहयोग पाउन नसकेको गुनासो उपाध्यक्ष यादवले गरिन् । उनी संगै शनिबारै विभिन्न पार्टीका दुई दर्जन भन्दा बढी नेता कार्यकर्ताहरुले नेकाँमा प्रवेश गरेका छन् । यता जसपा स्रोतले दिएको जानकारी अनुसार जसपाले उनलाई यस पटकको निर्वाचनमा टिकट नदिने भएपछि उनले पार्टी परित्याग गरेकी छिन् । कांग्रेसले उनलाई टिकट दिने आश्वासनका साथ पार्टीमा प्रवेश गराएको स्रोतको दाबी रहेको छ ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=hd4sIgvcOh8

