जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका युवा नेता कृष्णा सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवम् नेकाँ सभापति शेरबहादुर देउवाले सिंहलाई पार्टी प्रवेश गराएका हुन् । महोत्तरीबाट प्रतिनिधित्व गर्ने सिंह लोसपाका केन्द्रीय सदस्य थिए । महन्थ ठाकुरले नेतृत्व गरेको तराई मधेश लोकतान्त्रिक पार्टीको स्थापनाकालदेखि नै राजनीतिमा सक्रिय रहँदै आएका युवा नेता सिंह तराई मधेश युवा फ्रन्टका केन्द्रीय अध्यक्ष समेत भइ काम गरिसकेका छन् । उनी तमलोपा हुँदै राजपा फुटेपछि लोसपामा रहेका उनले स्थानीय तहको चुनाव नजिकिंदै जाँदा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । लोसपा परित्याग गर्दै कांग्रेसमा प्रवेश गर्दा उनलाई सहमहामन्त्री महेन्द्र यादव र कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवलगायतकाहरूले स्वागत गरेका थिए ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=VzR7rinzOeY&t=3s


