जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–२ का एक युवकलाई आफ्नै आफन्तहरुले मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।
जनकपुरधाम उपमहनगरपालिका–६ का अशोक लाल दासका २७ वर्षीय छोरा शिवुलाल दासलाई नाता काका पर्ने जनकपुरधामका नथुनी लाल दास, उनका छोरा दिपक लाल दास,श्रीमती, बुहारी सहितले आइतबार बिहान १० वजे कुटपिट गरेका थिए । जग्गा सम्बन्धी विषयमा कुराकानी गरिरहेको वेला दीपक दासले शिवुमाथि कुर्सी , घरेलु हतियारले सबै परिवार मिलेर कुटेको पीडितका बुवा अशोक लाल दासले बताए । शिवुको जनकपुर स्थित प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि बाहिर लगिएको छ । शिवुको टाउको गंभीर चोट लागेको छ भने हात खुट्टा भाँचिएको उनले बताए । यता, प्रहरीले घटनाका संलग्न नथुली लाल दासलाई पक्राउ गरेको छ भने घरका अन्य सदस्यहरु फरार भएको प्रहरीले जनाएको छ ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=hd4sIgvcOh8

