
जनकपुरधाम ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिल कुमार झालाई ५ लाख घुस सहित सोमवार पक्राउ गरेको छ ।
जनकपुरधामको भानुचोकमा रहेको चिया पसलमा कालो प्लाष्टिकमा राखिएको ५ लाख नगद लिने बितिकै अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो । धनौजी गाउँपालिकाको झोझीकटैयामा राजकुमार महतोले खरिद गरेको जग्गामा हकसाफी मुद्दामा उनको पक्षमा फैसला गरिदिने आश्वासन दिएर ५ लाख घुस मागेका थिए । मालपोत कार्यालय धनुषामा लेखापढीको काम गर्ने महतोले सो जग्गा स्थानीय एकजना बाहुन परिवारसित खरिद गरी आफ् ना भाइको नाममा दर्ता गराएका थिए ।तर जग्गाको चलनचल्तीको भन्दा अत्यन्त थोरै सरकारी मूल्यांकन बमोजिम नै जग्गा पास गरेकाले बाहुन परिवारका सदस्यले जग्गामाथि मुद्दा गरेका थिए ।
स्रोतका अनुसार निमित्त प्रमुख झाले पहिले जग्गामाथि मुद्दा हाल्ने पक्षसित १ लाखमा कुरा मिलाएका थिए ।त्यसको सुईँको पाएका विपक्षी महतोले ५ लाखमा हाकिमलाई मिलाए । घरमै रुपैया दिन सहमति भए पनि अख्तियारको टोलीले घरमा छापामार्न असमर्थता जनाएपछि निमित्त प्रमुखलाई भानुचोकमा नै महतोले बोलाएका थिए ।तर झा आउन आनाकानी गरेपछि महतोले परिवारमा मृत्यु भएकाले घरमा जान नमिल्ने र चोकमै चाँडो लिन आउन दवाव दिएका स्रोतहरुले बताएछन् ।पटक– पटक फोनमा संवाद भएपछि निमित्त प्रमुख झाले भानु चोकमै आएर चिया पसलमा ५ लाख सहितको कालो झोला लिएका थिए ।झोला लिने बितिकै अख्तियारको टोलीले उनलाई समातेका थिए ।
आयोगको बर्दिबासस्थित कार्यालयका प्रमुख गोपालप्रसाद अधिकारीले झालाई सम्पूर्ण विधि र प्रक्रिया पु¥याएर पक्राउ गरिएको जनाएका छन् ।कार्यालयका डीएसपी लेखनाथ दाहालको नेतृत्वमा खटेको टोलीले झालाई घुस सहित पक्राउ गरेको अख्तियारले जनाएको छ ।थप अनुसन्धानका लागि उनलाई काठमाण्डु लगिएको छ ।
please subscribe our official youtube channel and support us.