अपडेट 
२०७८ चैत्र २९, मंगलवार ०७:३०

जनकपुरधाम ।मधेश प्रदेश सरकारले गत फागुनमा १ सय शैय्याको अस्पताल सञ्चालनका लागि स्वीकृति प्रदान गरेको अस्पताल जनकपुरधाममा फेला परेको छैन् ।

मधेश प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गत फागुन २३ गते श्री कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर प्रा.लि. जनकपुरधामलाई १ सय शैय्याको अस्पताल सञ्चालन गर्न स्वीकृति दिएको हो । मन्त्रालयका महाशाखा प्रमुख डा.मुक्तिनारायण साहले पत्रसंख्या २०७८/२०७९ चलानी नम्बर १० ९१बाट १ वर्षको लागि १ सय शैय्याको अस्पताल सेवा सञ्चालन गर्न स्वीकृति दिइएको उल्लेख छ । प्रदेश सरकारले स्वीकृति प्रदान गरेको अस्पताल जनकपुरधाम उपमहानगर पालिका र यसको वरिपरीको क्षेत्रमा कतै फेला परेको छैन् ।जनकपुर टुडे सञ्चारकर्मीको टोलीले अस्पताल खोजीमा पाँच दिन समय लगाउँदा पनि फेला पार्न सकेनन् । अस्पताल खोज्ने क्रममा महाशाखाका प्रमुख डा.मुक्तिनारायण साहसित सम्पर्क गर्दा उनले २/३ दिन पछि अस्पतालको विषयमा बताउने जानकारी दिए । ‘अस्पतालको विषयमा फोनमा संवाद गर्न कठिन छ’ उनले भने, भेंटेरै कुराकानी गर्दा समाधान निस्किन्छ ।डा.साहले पटक–पटक अस्पतालको विषयलाई ढाकछोप गर्ने प्रयासमात्र गरिरहे । डा.साहले जानकी मेडिकल कलेजको अस्पताल खरिद गरी सञ्चालन गर्न लागेको झूठो वयान दिए ।‘जानकी मेडिकल कलेजको सिटी अस्पताल खरिद गरिएको छ’डा.साहले भने, सिटी अस्पताल पास भइ नसके पनि बिक्रिनामाको कागजात बनाइएको आधारमा अस्पताल सञ्चालनको स्वीकृति दिएको हो ।तर असहज परि स्थिति सृजना भए अस्पतालको स्वीकृति रद्द गर्न सकिने उनले बताए ।

अस्पताल नै फेला नपरेपछि सञ्चालक समेत फेला पर्न सकेन् ।अस्पतालको विषयमा विस्तृत जानकारी माग्न खोज्दा भेंटेर नै कुरा गर्न भन्दै डा.साहले टार्ने मात्र गरे । जानकी मेडिकल कलेजको ब्रम्हपुरी स्थित सिटी अस्पताल बिक्रि भएको सम्बन्धमा कलेज सञ्चालकसित सम्पर्क गर्ने प्रयास सफल हुन सकेन् ।तर कलेज स्रोतहरुका अनुसार जानकी मेडिकल कलेजले सिटी अस्पताल बेच्ने कुनै योजना बनाएको छैन् । उच्चस्रोतहरुका अनुसार मन्त्रालयले प्राविधिक शिक्षा सञ्चालनको अनुमति लिनका लागि हुँदै नभएको अस्पताल सञ्चालनका लागि अनुमति दिएको हो ।कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर प्रा.लि.जस्तै अन्य केही प्राविधिक शिक्षा सञ्चालकलाई समेत १सय शैय्याको अस्पताल सञ्चालनमा रहेको स्वीकृति मन्त्रालयले प्रदान गरेको छ । हुँदै नभएको अस्पतालको स्वीकृति र क्षमता नै नभएको अस्पताललाई समेत १ सय शैय्याको स्वीकृति दिएकोछ ।स्रोतका अनुसार मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका एकजना पदाधिकारी समेतले अवैध रुपमा १ शैय्याको अस्पताल सञ्चालनको स्वीकृति दिएको छ । डा.साहले अस्पताल सञ्चालनका लागि दिएको स्वीकृति पत्रमा स्तरोन्नति सम्बन्धी कागजातहरुको अध्ययन र स्थलगत प्रतिवेदनको आधारमा सचिव स्तरीय निर्णय अनुसार स्वीकृति दिएको उल्लेख गरेका छन् । तर स्वीकृति पाएको अस्पताल कतै सञ्चालनमा नरहेकाले त्यसको स्थलगत र स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन कसले ? कसरी ? तयार पारे ? त्यो खोजीको विषय भएको छ । सामाजिक विकास मन्त्रालयमा यस्तो स्वीकृति प्रदान गर्न ५० लाख सम्मको चलखेल भएको स्रोतहरुको दाबी छ ।

१ सय शैय्याको नक्कली अस्पताल खडा गरेको स्वीकृति लिई केही प्राविधिक शिक्षालय सञ्चालकहरुले स्टाफ नर्स र बीएस्ससी नर्सिंगको स्वीकृति पाएका छन् । सीटीईभीटीले स्टाफ नर्सका लागि १ सय शैय्या र पूर्वाञ्चल विश्वविद्यालयलेपनि मापदण्ड परिवर्तन गरेकाले कयौं प्राविधिक शिक्षालयहरु बन्द भएका छन् ।मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयले आर्थिक चलखेलको आधारमा अस्पताल नै नरहेकोलाई समेत १ सय शैय्याको स्वीकृति प्रदान गरेपछि केहीले रोकिएको इजाजत पूनःप्राप्त गरेका छन् ।


please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=hd4sIgvcOh8

Comment


Related News

Latest News

Trending News