रौतहट । रौतहटको मौलापुर नगरपालिका मर्यादपुरमा शम्भूनाथ तिवारी, द्वारिकानाथ तिवारी र विन्दुमति तिवारीमाथि ज्यान मार्ने उद्देश्यले सांघातिक आक्रमण भएको सांसद प्रभू साहले आरोप लगाएका छन् ।
उनले सांघातिक आक्रमण प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । मुलुकमा कानीनी राज्यको उपहास भएको र तिवारीहरुमाथि भएको सांघातिक हमला दोहरीन सक्ने अवस्था रहेका कारण स्थानीय प्रहरी प्रशासनलाई ठोस कदम चाल्न आग्रह गरेका छन् । उनले प्रहरी प्रशासनको मौनता प्रति आपति जनाउदै २१ ऋौं सदाव्दीमा पनि लोकतन्त्र एवम् कानूनी राज्यमा यस्ता प्रकारका घटना हुनु निन्दीनय कार्य रहेको उनले बताएका छन् । ज्यान मार्ने उद्देश्यले यस्ता प्रकारका घटना पटक भएपनि प्रहरी प्रशासनको पहँुच भन्दा बाहिर रहेका अपराधिहरुलाई छिटो भन्दा छिटो नियन्त्रणमा लिन समेत आग्रह गरेका छन् ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=hd4sIgvcOh8

