२०७८ चैत्र २९, मंगलवार ०७:४९

जनकपुरधाम । जनकपुरधाममा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान अन्तर्गत प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम सम्पन्न भएको छ ।

अभियानको आयोजनामा भएको सो गोष्ठी कार्यक्रममा वक्ताहरुले हिन्दू धर्म आफैमा यति बिशाल तथा गौरवपूर्ण रहेकोले यसको बारे कसैले दुष्प्रचार गरेर यस धर्मको केही बिगार गर्न नसक्ने बताए । गोष्ठीका वक्ताहरुले हिन्दूधर्म आफैमा अत्यन्त पुरानो मात्र नभइ आदि धर्मको रुपमा रहेकोले यसको लागि आन्दोलन गर्नुपर्ने आवश्यकता नरहेको जिकिर समेत गरेका थिए । केही वर्ष यतादेखि विभिन्न हिन्दु धर्म परिवर्तन गराउनेहरु सक्रिय रहेकोबारे चर्चा गर्दै वक्ताहरुले यस प्रकारको क्रियाकलापलाई रोक्न राज्य गंभीर हुनु पर्ने धारणा राखे । पूर्व न्यायाधीश गोपाल पराजुलीको विशेष उपस्थितिमा भएको सो गोष्ठी तथा साहित्य परिचायात्मक कार्यक्रममा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक कल्याण तिम्लिसिना ,विश्व हिन्दू परिषदका उपाध्यक्ष लोचन साउद,जानकी मन्दिरका महन्त राम तपेश्वर दास वैष्णव ,पवन सिंघानिया तथा हिन्दू परिषदकै ओम प्रकाश सर्राफ सहितका वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए ।

Comment

Related News

Latest News

Trending News