२०७८ चैत्र २९, मंगलवार १५:५१
मधेस सरकारले दुईवटा अध्यादेशको प्रतिस्थापन गर्न ल्याएको विधेयक सर्वसम्मतिले पारित भएको छ ।
मंगलबार प्रदेशसभाबाट मधेश प्रदेश सरकारले ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक सर्वसम्मतिले पारित भएको हो ।
प्रदेश सरकारले ल्याएको अध्यादेश प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ लाई प्रतिस्थापन गर्न प्रदेशसभामा विधेयक ल्याइएको थियो ।

