अपडेट 
२०७८ चैत्र २९, मंगलवार १८:४६

अनिल तिवारी | वीरगञ्ज,चैत्त २९
नेपाल भारतको सिमामा अन्तरदेशिय दौड प्रतियोगीताको आयोजना गरिएको छ । मंगलबार बिहान वीरगञ्ज र रक्सौल बिचको सिमामा दुई देशिय मैत्रीपुर्ण दौड प्रतीयोगीताको आयोजना गरिएको हो ।

भारतले मनाइरहेको अजादीको अमृत महोत्सवको अवसरमा आयोजीत मेराथन दौड प्रतियोगीतामा दुबै देशका प्रतियोगीहरु सहभागी भएका थिए ।रक्सौल स्थित भारतीय दुतावासको अतिथि सदन परिसरबाट सुरु भएको दौड वीरगञ्जको बाइपास सडकको नगवा हुदै पुन रक्सौलको कस्टममा पुगी समापन भएको थियो । पांच किलोमिटरको मैराथन दौड प्रतिगीतामा भारतीय युवकहरु नितेश कुमार प्रथम,अनिश कुमार द्धितीय र फैजुला अंसारी तेश्रो स्थान हासिल गर्न सफल भएका थिए ।

भारतीय महाबाणिज्य दुतावास तथा जिल्ला प्रशासन कार्यालय पुर्वी चम्पारण भारतले संयुक्त रुपमा आयोजना गरेको पहिलो अन्र्तदेशिय खेलमा दुबै देशका सुरक्षा कर्मि ,प्रशासनिक तथा भन्सारका पदाधकिारी,उधोगी व्यापारी ,पत्रकार र स्थानिय जन प्रतिनिधिहरुको व्यापक सहभागीता रहेको थियो ।यो प्रतियोगीतामा नेपालको तर्फबाट प्रहरी तथा सस्त्र प्रहरी,भारतीय एस एस बिका पदाअधिकारी र जवान, युवक,व्यापारी,शिक्षक र बिद्यार्थी लगायत २सय धावकहरु सहभागी भएका थिए ।भारतीय महावाणिज्य दुत नितेश कुमार,पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल र भारत पुर्वी चम्पारणका जिल्ला अधिकारी कपिल अशोक लगायतका पदाधिकारीले संयुक्त रुपमा झन्डा हल्लाएर दौड प्रारम्भ गरेका थिए । बिजय प्रतियोगीहरुलाई मायाको चिनो प्रदान गर्दै भारतीय महावाणिज्य दुत नितेश कुमारले सिमामा भएको दुई देसिय मैत्री पुण खेलले दुबै देश बिचको सम्बन्धलाई अझ प्रगाढ बनाउने बताउनु भयो ।

महाबाणिज्य दुत कुमारले सिमामा भएको एतिहासिक मैत्रीपुर्ण दौड प्रतियोगीले दुबै देश बिच पारस्परिक सहयोग र सदभाव बढने आशा व्यक्त गर्नुभयो ।कार्यक्रममा भारतीय दुतावासका राजनैतिक कन्सुल शैलेन्द्र कुमार,प्रेस कन्सुलर शशिभूषण कुमार, नेपालको तर्फबाट पर्साका प्रहरी र सस्त्र प्रहरीका प्रमुख ,भन्सार कार्यालयका प्रमुख,भारतीय एस एस बि का पदाधीकारी,भारतीय कस्टम रक्सौलकी प्रमुख,उधोगी व्यापारी तथा स्थानिय जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

Comment


Related News

Latest News

Trending News