२०७८ चैत्र ३०, बुधबार ०७:१८
सर्लाही जिल्लाको मलंगवा नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
मलंगवा नपा–१० का रघुनाथ होटलका संचालक रघुनाथ साह कानुका ३२ वर्षीय छोरा अवधेश कुमार साहको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीका अनुसार अवधेशको मंगलबार दिउँसो आफ्नै घरको खानेपानी कलमा जडान गरिएको मोटरको तारमा करेन्ट लागेर मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको जिप्रका सर्लाहीले जनाएको छ ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=hd4sIgvcOh8

