२०७८ चैत्र ३०, बुधबार ०७:२१

सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका ८ का २४ वर्षीय संजय कुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घरमै लुकिछिपी बसेको अवस्थामा मंगलबार उनलाई पक्राउ गरेको जिप्रका सप्तरीका सूचना अधिकारी माधवप्रसाद काफ्लेले जानकारी दिए । प्रहरीका अनुसार २०७३ साल असोज ८ गते ठाकुरले चलाएको स.३प. ३२२७ नं.को मोटरसाइकलले ठक्कर दिँदा गंभीर घाइते भएका सोही वडाका ६१ वर्षीय विष्णुदेव पासवानको मृत्यु भएको थियो । उनको दुर्घटना भएको तीन दिनपछि उपचारका क्रममा मृत्यु भएको थियो । उक्त घटना पछि ठाकुर फरार भएका थिए । मृतककी पत्नी रेवियादेवीको जाहेरीले ठाकुर उपर सवारी ज्यान मुद्दा चलाइएकोमा २०७५ मंसिर ८ गते सप्तरी जिल्ला अदालतले २ वर्ष कैद र २ हजार जरिवानाको फैसला सजाय सुनाएको थियो । प त्र m ा उ परेका ठाकुरलाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा आदेशानुसार कैद भुक्तानका लागि मंगलबार नै राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News