२०७८ चैत्र ३०, बुधबार ०७:२४

महोत्तरी जिल्लाको बर्दिवासबाट प्रहरीले एक युवकलाई लागुऔषध सहित पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार बर्दिवास नगरपालिका–२ का २० बर्षीय विशाल मगरलाई लागुऔषध सहित पक्राउ गरिएको हो । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत बर्दिवास नगरपालिका–५ माइस्थान चोकमा स्थायी प्रहरी चौकी माईथानबाट खटेको प्रहरीको गस्ती टोलीले पैदल जाँदै गरेका मगरलाई शंका लागेर चेकजाँच गरेका थिए । सोही क्रममा प्रहरीले उनको साथबाट लागुऔषध बरामद गरेको जनाइएको छ । प्रहरीले उनको साथबाट नाईट्रोजिपाम १० लेखिएको टयाबलेट १५ पिस , डाईजिपाम ईन्जेक्सन १ पि २ एम,एल लेखिएको ४ एम्पुल, प्रोमेथाजेन हयाड्रोक्लोराईड ईन्जेक्सन १पि फेनाग्राम २ एम,एल लेखिएको ४ एम्पुल र बुप्रिनो रिफिन ४ एम्पुल बरामद गरेको हो । । पक्राउ परेका मगरलाई जिल्ला अदालत महोत्तरीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ भने उनीमाथि लागुऔषध नियन्त्रण तथा ओसार पोसार गरेको आरोपमा मुद्दा चलाउने जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News