नेपाल भारतको सीमामा अन्तरदेशीय दौड प्रतियोगिताको आयोजना गरिएको छ ।
मंगलबार वीरगञ्ज र रक्सौल बीचको सीमामा दुई देशीय मैत्रीपूर्ण दौड प्रतियोगिताको आयोजना गरिएको हो । भारतले मनाइरहेको आजादीको अमृत महोत्सवको अवसरमा आयोजित म्याराथन दौड प्रतियोगितामा दुबै देशका प्रतियोगीहरु सहभागी भएका थिए । रक्सौल स्थित भारतीय दुतावासको अतिथि सदन परिसरबाट सुरु भएको दौड वीरगञ्जको बाइपास सडकको नगवा हँुदै पुनः रक्सौलको कस्टममा पुगी समापन भएको थियो । पांच किलोमिटरको म्याराथन दौड प्रतियोगितामा भारतीय युवकहरु नितेश कुमार पहिलो ,अनिश कुमार दोस्रो र फैजुला अंसारी तेस्रो स्थान हासिल गर्न सफल भएका थिए । भारतीय महाबाणिज्य दूतावास तथा जिल्ला प्रशासन कार्यालय पूर्वी चम्पारण भारतले संयुक्त रुपमा आयोजना गरेको पहिलो अन्तरदेशीय खेलमा दुबै देशका सुरक्षाकर्मी ,प्रशासनिक तथा भन्सारका पदाधिकार ी,उद्योगी व्यापारी ,पत्रकार र स्थानीय जन प्रतिनिधिहरुको व्यापक सहभागिता रहेको थियो ।
यस प्रतियोगितामा नेपालको तर्फबाट प्रहरी तथा सशस्त्र प्रहरी,भारतीय एस एस बिका पदाधिकारी र जवान, युवक,व्यापार ी,शिक्षक र विद्यार्थी लगायत २सय धावकहरु सहभागी भएका थिए । भारतीय महावाणिज्यदूत नितेश कुमार,पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल र भारत पुर्वी चम्पारणका जिल्ला अधिकारी कपिल अशोक लगायतका पदाधिकारीले संयुक्त रुपमा झन्डा हल्लाएर दौड प्रतियोगिताको प्रारम्भ गरेका थिए । विजयी प्रतियोगीहरुलाई मायाको चिनो प्रदान गर्दै भारतीय महावाणिज्यदूत नितेश कुमारले सीमामा भएको दुई देशीय मैत्री पूण खेलले दुबै देश बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने बताए । महाबाणिज्यदूत कुमारले सीमामा भएको ऐतिहासिक मैत्रीपूर्ण दौड प्रतियोगीले दुबै देश बीच पारस्परिक सहयोग र सद्भाव बढ्ने आशा समेत व्यक्त गरे ।
कार्यक्रममा भारतीय दूतावासका राजनैतिक कन्सुलर शैलेन्द्र कुमार,प्रेस कन्सुलर शशिभूषण कुमार, नेपालको तर्फबाट पर्साका प्रहरी र सस्त्र प्रहरीका प्रमुख ,भन्सार कार्यालयका प्रमुख,भारतीय एस एस बि का पदाधिकारी,भारतीय कस्टम रक्सौलका प्रमुख,उद्योगी व्यापारी तथा स्थानीय जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

