नेपाल चामल तेल, दाल, उद्योग संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ता सहितका टोली तथा नेपाल सरकार भन्सार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईसंग भेंटवार्ता गरेको छ ।
सो क्रममा टोलीले राजश्व परामर्श समितिका सदस्य लेखनाथ शर्मा पंगेनी, सदस्य डा. जीवन बजगाई, सदस्य सचिव भूमिराज शर्मा लगायतका पदाधिकारीहरुसंग समेत भेंटघाट गरेका छन् । सो भेंटमा चामल, तेल, दालको हालको अवस्था र भविष्यमा हुनसक्ने खाद्यान्न परनिर्भरताबाट बाँच्न सकिने उपाय तथा देखिएका समस्याहरुबारे ध्यानाकर्षण गराएको थियो। संघका अध्यक्ष डा.गुप्ता, पूर्व अध्यक्ष श्री कुमुद कुमार दुगड, कार्यालय प्रमुख अजय पराजुली लगायतको सहभागितामा भएको सो भेंटमा स्वदेशी चामल उद्योगको संरक्षण गरी चामल आयातलाई रोक्न धान आयातमा १५ र चामल आयातमा १५५ भन्सार महसुल लगाउनु पर्ने माग गरेको थियो । चामल आयात गर्दा ट्रेडर्सलाई मात्र फाईदा पुग्ने र यसले दीर्घकालीन समस्या समाधान गर्न नसक्ने बताउंदै डा.गुप्ताले नेपाली उत्पादन रातो बासमति चामल उच्च मूल्य उत्पादन भएकोले विदेश निर्यात हुन सक्ने प्रबल सम्भावना रहेकोले ध्यानाकर्षण गराइएको छ ।
भेंटको क्रममा टोलीले अत्यधिक चामल आयात भइरहेकोमा चामलको सट्टा नेपालमा धान नभएको समयमा धान आयात गर्न सकिए कामदारहरुले आफ्नो कामलाई निरन्तरता दिन पाउने र थप रोजगारीको श्रृजना हुने, चामल मिलबाट उत्पादित भुसले अन्य उद्योगको इन्धनको काम गर्ने अन्यथा भुस समेत आयात गर्नु पने, करोडौको लगानीमा स्थापना भएका ठूला उद्योगहरु निरन्तर संचालन भइ देशको औद्योगिक वातावरणमा सुधार हुने,देशको राजश्व संकलन बढ्ने, चामल मिलहरु संचालन भइरहदा देशका किसानले आफ्नो उत्पादन धानको उचित मूल्य पाउने , राइस ब्रान उद्योग र पशु आहार उद्योगका लागि कच्चा पदार्थका रुपमा प्रयोग हुन सक्ने सम्भावना समेत प्रस्तुत गर्दै समस्याको समाधानकालागि महानिर्देशक भट्टराई समक्ष आग्रह गरे ।
त्यस्तै दाल र गेडागुडीको दालको कच्चा वस्तु तथा गेडागुडी र तयारी दालमा समान भन्सार महसुल दश प्रतिशत कायम गरिएकोमा दश प्रतिशत कच्चा दाल र तयारी दाल आयातमा बीस प्रतिशत गरी छुट् याउनु पर्ने माग समेत टोलीले आघि सारेका थिए ।

