२०७८ चैत्र ३०, बुधबार ०८:००

मधेश प्रदेश सरकारले स्थापना गरेको प्रदेश जनलोकपाल आयोग औचित्यहीन रहेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीकी सांसद मंजु यादवले टिप्पणी गरेकी छिन् ।

प्रदेशसभा बैठकमा सांसद यादवले मधेश प्रदेश सरकारले गठन गरेको जनलोकपाल आयोगले स्थापना पछि हाल सम्म केही पनि गर्न नसकेको बताउंदै भनिन्,‘मधेश प्रदेशमा जताततै खुलेआम भ्रष्टाचार हुँदैछ,खोई त लोकपाल आयोग ,जुन उद्देश्यले आयोगको गठन भएको छ यदि सो अनुसारको कामै गर्दैन भने यो औचित्यहीन हो।’ जताततै अनियमितता भइरहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता देखाइरहेको समयमा मधेश सरकारको लोकपाल आयोग कता हराएको छ भन्ने प्रश्न समेत उनले तेर्साइन् । आयोग पदाधिकारी तथा कर्मचारीहरुको गरी खाने भाँडो मात्र बनेको टिप्पणी उनले गरिन् ।

सोमबार घुस सहित मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख पक्राउ परेको घटनाको जिकिर गर्दै उनले भनिन्,‘लोकपालले सत्रियता देखाउन सक्नु पर्छ,जुन अभिप्रायले यसको गठन भएको सो क्षेत्रमा काम गर्नै पर्छ अन्यथा यो औचित्यहीन हो ।’

Comment


Related News

Latest News

Trending News