२०७९ बैशाख १, बिहीबार ०७:१२

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीका राजदेवी नगरपालिकाका मेयर प्रत्याशी भिखारी प्रसाद यादवले जनता संग गरेको वाचा पूरा नगरी वर्तमान मेयर धीरेन्द्र कुमार सिंहले परिवारवाद र जातिवादको घेराभित्र सीमित भएको आरोप लगाएका छन् ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने,‘विगत साढे चार बर्षमा ठोस विकास निर्माणको कार्य नगरेको मेयर सिंहको सम्पत्ति छानबिन गर्नु पर्ने माग अघि सारे । मेयर प्रत्याशी यादवले राजदेवी नगरपालिकाका जनता परिवर्तनको पक्षमा देखिएको दाबी समेत गरे । बाँध निर्माण ,स्पर निर्माण र विकास निर्माणमा प्रयोग हुने उपकरण सामग्री जेसिबी ,ग्रेडर , त्रिपेर ,रोलर मेसिन खरिद गरेर आफ्नो स्वार्थ मात्र पूरा गरेको आरोप लगाए । मेयर सिंहले राज्यको रकम दोहन गरेकोले कारवाही गर्नु पर्ने धारणा उनले राखे । विगत ३० वर्ष देखि जनताको सेवामा लागेकोले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनताले आफ्नो पक्षमा मतदान गर्न आग्रह उनले गरे । यादवले राजदेवी नगरपालिकाका जनताले परिवर्तनको पक्षमा देखिएकोले नेकपा एसका उम्मेदवारको पक्षमा मतदान गर्ने मनसाय बनाएको दाबी गरे ।

नेपालको संविधान २०७२ ले गरेको सूचनाको हक सम्बन्धी व्यवस्थाको घोर उलंघन गरेका मेयर सिंह को विरुद्धमा राजदेवी नगरपालिकाको जनता रहेको बताउँदै मेयर प्रत्याशी यादवले भने माण्डवी नामक संस्थाको लगानीमा जडान भइरहेको हैंड पाइप आफ्नो लगानीमा रहेको प्रचार प्रसार गर्दै आएका सिंहलाई पराजित गराउने सोच नगर बासीको रहेको ठोकुवा समेत गरेका छन् ।

Comment


Related News

Latest News

Trending News