२०७९ बैशाख १, बिहीबार ०७:१५

सर्लाहीको मलंगवामा आसन्न निर्वाचनमा महिला नेतृत्व बढाउनका लागि राजनैतिक दललाई ध्यानाकर्षण पत्र हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

‘महिलाको समानुपातिक समावेशी नेतृत्वको अधिकार, सामाजिक रुपान्तरणको आधार’ मूल नाराका साथ ओरेक सर्लाहीले आयोजना गरेको सो कार्यक्रममा जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसंग नेतृत्वमा महिला सहभागिताबारे छलफल गरिएको थियो । कार्यक्रममा महिला पुनस्र्थापना केन्द्र, महिला मानव अधिकार रक्षक सञ्जाल, मानव अधिकार रक्षक सञ्जाल, इन्सेक, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, शान्ति महिला सेवा केन्द्र, अन्तरपार्टी महिला संजाल, पहिचान नेपाल , नारी उत्थान केन्द्र, प्रेरणा, भिएसओ, महिला अधिकार मन्च, निलहरी समाज लगायत जिल्लामा क्रियाशील सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुले ऐक्यवद्धता जनाएको छ । कार्यक्रमलाई ओरेक नेपाल, सर्लाही संयोजन देव कुमारी महराले गरेकी थिइन् भने महिला मानव अधिकार रक्षक संजालका, जिल्ला संयोजक रम्भा झाले दलका प्रतिनिधिहरुलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेकी थिइन् ।

कार्यक्रममा नेकपा एमालेको सर्लाही जिल्ला इन्चार्ज कमला देवी महतो, नेकपा माओवादी केन्द्र सर्लाहीका अध्यक्ष कमल बुढाथोकी, रामपुकार ठाकुर जिल्ला सदस्य, जिसस उपसभापति जमुना पराजुली, बहुजन एकता पार्टी नेपाल जिल्ला संयोजक सुबोध कुमार हजारी, नेकपा माओवादी जिल्ला सदस्य जितेन्द्र कुशवाहा, युएन.एफ.पिए को जिल्ला संयोजक बच्चालाल महतो, मानव अधिकारकर्मी मुकेश मिश्र, बुधन साह, दलित अधिकारकर्मी राजेश पासवान, महिला अधिकारकर्मी रम्भा झा, विनिता कार्की, सुभद्रा देवी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News