रौतहटको गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादव सहितका जनप्रतिनिधिहरुले सरकारी सवारी साधनहरु नगरपालिकामा बुझाएका छन् ।
प्रमुख यादव संगै उपप्रमुख र केही वडा अध्यक्षहरु आफु चढ्दै आएको सरकारी सवारी साधन बुधबार नगरपालिकालाई बुझाएका हुन् । निर्वाचन आचारसंहिता लागु भएपछि नगर प्रमुख श्याम यादव, उपप्रमुख सुभद्रा गुप्ता र ६ जना वडा अध्यक्षहरुले सुविधा वापत लिएको सवारी साधन फिर्ता गरेको जनाइएको छ । मेयर यादवले प्रयोग गर्दै आएको ना १ झ १६७५ र उपमेयर गुप्ताले प्रयोग गर्दै आएको ना १ झ १६१५ नम्बरको स्कार्पियो गाडी फिर्ता गरिएको छ । बुधबार दिउँसो गढीमाई नगरपालिकाका जनप्रतिनिधिहरु गाडी र मोटरसाइकलको साँचो निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवलाई हस्तान्तरण गरेका छन् । गाडी फिर्ता गर्न बाँकी नगरका ३ जना वडा अध्यक्ष शुक्रबार मात्र गाडी फिर्ता गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले जानकारी दिए ।
स्थानीय तहको निर्वाचन नजिकिंदै जाँदा बहालवाला जनप्रतिनिधिहरुले आफुले प्रयोग गर्दै आएको सरकारी सवारी साधन धमाधम फिर्ता गर्न थालेका छन् । निर्वाचन आचारसंहितालाई ध्यानमा राखी आफुले प्रयोग गर्दै आएको सवारी साधन फिर्ता गरेको मेयर श्याम यादवले बताए । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आचारसंहिता लागू भइसकेका कारण अब नगरपालिकाको सेवा सुविधा लिनु उपयुक्त नभएकोले नैतिकताको आधारमा आफुहरुले चढ्दै आएको सवारी साधन नगरपालिकालाई फिर्ता गरेको मेयर यादवले बताए । रौतहटमा अहिलेसम्म गौर, चन्द्रपुर, बौधीमाई, राजपुर र गढीमाई नगरपालिकाका जनप्रतिनिधिहरु सरकारी सवारी साधन नगरपालिकालाई फिर्ता गरिरहेका छन् ।
जिल्लामा १६ वटा नगरपालिका र २ वटा गाउँपालिका गरी जम्मा १८ वटा स्थानीय तह रहेको छ जसमध्ये अहिलेसम्म ५ वटा नगरपालिकाका मात्र जनप्रतिनिधिहरु आफुले प्रयोग गर्ने सरकारी गाडी नगरपालिकालाई फिर्ता गरेका छन् भने अन्य पालिकाका जनप्रतिनिधि अभ

