२०७९ बैशाख १, बिहीबार ०७:४२

ट घाइते भएको एक युवकको मृत्यु भएको छ । जिल्लाको धनौजी गाउंपालिका–५ बहुअर्वाका ३९ वर्षीय सरोजकुमार मण्डलको मृत्युृ भएको हो ।

करिव ७ महिना अघि गणेश पूजाको अवसरमा आयोजना गरिएको कार्यक्रममा दुई पक्ष बीच झगडा भएको थियो सो विवाद मिलाउन पुगेका मण्डलमाथि छुरा प्रहार भएको थियो । २०७८ साल भदौ २६ गते सोही गाउंका अमितकुमार मण्डल, मनिषकुमार मण्डल, राजीवकुमार मण्डलबीच आपसी विवाद हुँदा सरोज लगायतका माथि छुरा प्रहार भएको थियो । उक्त घटना पश्चात सरोजलाई उपचारकालागि काठमाण्डु स्थित ग्राण्डी अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा सोमबार उनको मृत्यु भएको परिवारजनले जनाएको छ ।

यता यस घटनामा सोही ठाउँका १८ वर्षीय मनिष कुमार मण्डल र वडा नं. ४ का २३ वर्षीय राजीवकुमार मण्डलमाथि ‘ज्यान मार्ने उद्योग’ मा जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गरिएको थियो । तर जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराम भट्टराईको एकल इजलाशले ज्यान मार्ने उद्योग मुद्दालाई सामान्य कुटपीटमा परिणत गरी फैसला आदेश जारी गरेका थिए ।

फैसलामा प्रतिवादी राजीवकुमार मण्डलले गंभीर घाइते सरोज मण्डलको उपचार खर्च वापत ४ लाख ९२ हजार २ सय ५९ रुपैयाँ, घाइते अनिल मण्डललाई ६९ हजार ३ सय र बजरंग प्रसाद राउतलाई ३ हजार १ सय ३० रुपैयाँको बिल भरपाई अनुसार उपचार खर्च उपलब्ध गराउने निर्णय सुनाएको थियो । रिहा भएका व्यक्तिहरुले केही दिन पछि वैदेशिक रोजगारीमा गइसकेको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News