२०७९ बैशाख १, बिहीबार १२:५१

सर्लाहीको चन्द्रनगर गाउपालिकाकी उप प्रमुख सहित सयौ जना नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

माओवादी केन्द्र मधेश प्रदेशको आयोजनामा जनकपुरमा भएको एक कार्यक्रममा चन्द्रनगर गाउपालिकाकी उप प्रमुख विना देवी साह सहित विभिन्न पार्टी परित्याग गरि सयौजना माओवादी केन्द्रमा प्रवेश गरेका मधेश प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहका प्रेस सल्लाकर कृतिक श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार उप प्रमुख साह सहित नेपाली कांग्रेस,नेकपा(एमाले), जनता समाजवादी पार्टी र राजपाबाट गरि करिब एक सय जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

उप प्रमुख साह राजपाबाट निर्वाचित हुनु भएको थियो । उहाँले गाउपालिका अध्यक्षको ज्यादती सहन नसकेर महिला, दलित, आदिवासी, जनजाति, पीछडीएका वर्ग र समुदायको हक हितमा माओवादी केन्द्र मात्र काम गर्ने भएकोले माओवादी केन्द्रमा प्रवेश गरेको बताउनु भयो ।

Comment

Related News

Latest News

Trending News