जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) जनकपुरधाम उप–महानगर समितिको वरिष्ठ उपाध्यक्षमा धर्मेन्द्र साहलाई मनोनित गरिएको छ ।
नगर समितिको बुधवार बसेको बैठकवाट एक व्यक्ति एक पद अनुसार वरिष्ठ उपाध्यक्ष पदमा उनलाई मनोनित गरिएको नगर अध्यक्ष विष्णुदेव साहले जानकारी दिएका छन् । महावीर युवा कमिटीको पूर्व अध्यक्ष समेत रहेका धर्मेन्द्रको जनकपुरधामको बजार क्षेत्रमा बलियो पकर रहेको मानिन्छ । उनी यस भन्दा पहिला तत्कालिन स्थानीय निर्वाचनमा राष्ट्रिय जनता पार्टीका उम्मेदवार जनकपुरधामका मेयर लाल किशोर साहलाई बिजयी बनाउन अहम भूमिका निर्वाह गर्नुका साथै संघीय निर्वाचनमा राजेन्द्र महतोलाई पनि बिजयी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । बजार क्षेत्रमा राम्रो पकड मानिएका धर्मेन्द्र केही दिन पूर्व मात्रै जसपामा प्रवेश गरेका थिए । उनी जसपामा प्रवेश गरेपछि जनकपुरधाममा पार्टी बलियो भएको पनि जानकारहरु बताउँछन् ।

