२०७९ बैशाख २, शुक्रबार ०८:३५

कलैया । बाराका कांग्रेसका नेताहरुले पार्टीले एक्लै निर्वाचनमा जाने निर्णय गरेको सार्वजनिक भएलगतै पाँच दलिय गठबन्धन भित्र रहेका जनता समाजवादी पार्टी, नेकपा माओवादी र नेकपा समाजवादी पार्टी कलैया उपमहानगरपालिकामा तालमेल गरि निर्वाचन लड्ने भएको छ ।

बाराको सदरमुकाम कलैयामा बिहीबार पत्रकार सम्मेलन गरी तीन दलले तालमेल बारे जानकारी दिइएको छ । गठबनधनको केन्द्रीय परिपत्र अनुसार पालिकाहरुमा नेपाली कांगेसका सभापतिको सभापतित्वमा बैठक बसी गठबन्धनका बारेमा छलफल गरी निष्कर्षमा पुग्ने निर्णयलाई चुनौती दिँदै ती तीन दलले कांग्रेसको सहभागिता बिना नै पत्रकार सम्मेलन मार्फत गठबन्धन गरी अगाडि बढने कुरा जानकारी गराउनुले पनि कांग्रेससंगको सहकार्य तोडने कुरा प्रष्ट भएको छ । लोकतन्त्रलाई संस्थागत गर्न, संविधानको रक्षा गर्न, तानाशाही प्रवृतिलाई रोक्नका लागि नै गठबन्धन गर्नुपरेको जनाइएको छ । भागबन्डामा मेयर, उपमेयर, वडाअध्यक्ष कति कुन दलले लिने भने प्रष्ट भएको छैन् । जनता समाजवादी पार्टीका कलैया उपमहानगरपालिकाका अध्यक्ष शिवनाथ पटेलको अध्यक्षतामा सम्पन्न सो पत्रकार सम्मेलनमा नेकपा माओवादीका नगर अध्यक्ष मुकेश साह, नेकपा एसका नगरअध्यक्ष अरुण खनालले गठबन्धनका बारेमा पत्रकारहरुले सोधेका प्रशनको जवाफ दिएका थिए । कलैया उपमहानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरमा राजेशराय यादव निर्वाचित भएका थिए । उपमहानगरपालिकामा भने २७ वडा रहेको छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेस पहिलो, एमाले दोस्रो, तत्कालिन फोरम नेपाल तेस्रो, नेकपा माओवादी चौथौ स्थानमा मत ल्याउन सफल भएको थियो । पत्रकार सम्मेलनमा संविधान सभा सदस्य प्रमोद गुप्ता, जसपाका केन्द्रीय सदस्यहरु रामकिशोर यादव, प्रकाश चौलागाई, पारस साह, नेकपा एसका नेता धु्रव यादव लगायतको सहभागिता रहेको जसपाका यूवा नेता सुजित पाण्डेयले जानकारी दिए ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=hd4sIgvcOh8

Comment


Related News

Latest News

Trending News