अपडेट 
२०७९ बैशाख २, शुक्रबार १२:४७

आज सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढ्दा चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य तोलामा एक लाख २ हजार रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख एक हजार ५ सय रुपैयाँ कायम हुँदा चाँदीको मूल्य १४ सय १५ रुपैयाँ प्रतितोला पुगेको छ ।

अघिल्लो कारोबार दिन चैत ३० गते छापावाल सुनको मूल्य एक लाख एक हजार पाँच सय र तेजावी सुनको मूल्य एक लाख एक अहजार रुपैयाँ थियो । सो दिन चाँदी १४ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

Comment


Related News

Latest News

Trending News