अपडेट 
२०७९ बैशाख २, शुक्रबार १३:२९

नेपालको छिमेकी देश भारतमा फेरि कोरोना संक्रमण बढेको छ । भारतको दिल्ली, गुरुग्राम र मुम्बईलगायत सहरमा संक्रमितको संख्या ह्वात्तै बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै कोरोनाको चौथो लहरको खतरा बढेको चेतावनी विज्ञहरूले दिएका छन् ।

दिल्लीमा पछिल्लो २४ घण्टामा थप दुई सय ९९ जनामा संक्रमण देखिएको छ । दिल्लीमा कोभिड संक्रमण दर शून्य दशमलव पाँच प्रतिशतबाट बढेर दुई दशमलव ७० प्रतिशत पुगेको छ ।

भारतका जम्मा ७ सय ३४ जिल्लामध्ये २९ जिल्लामा संक्रमण दर ५ प्रतिशतभन्दा बढी छ । विश्व स्वास्थ्य संगठनका अनुसार यी जिल्लामा संक्रमण नियन्त्रणबाहिर छ। नयाँ दिल्लीस्थित केही विद्यालयहरु पुनः बन्द भएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाबाट बच्नका लागि सावधानी अपनाउन सबैमा आग्रह गरेको छ । भारतमा जुन र जुलाईमा कोरोनाको संक्रमण बढ्ने र सेप्टेम्बर महिनासम्म रहने विज्ञहरूको अनुमान छ। तर दोस्रो लहरजस्तो घातक नहुने उनीहरूको भनाइ छ ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=hd4sIgvcOh8

Comment


Related News

Latest News

Trending News