२०७९ बैशाख ३, शनिबार ०७:२५
पर्सा जिल्लामा प्रहरीले ६ वर्षीया बालिकाको करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
बलात्कार आरोपमा वीरगञ्ज महानगरपालिका–१६ का ५५ वर्षीय पलट चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । शनिबार दिउँसो करिब १ बजे ६ वर्षीया बालिका खेल्न आएको समयमा आफु बस्दै आएको कोठा भित्र लगी जबरजस्ती करणी गरेको आरोप सहितको जाहेरी पश्चात चौधरीलाई पक्राउ गरिएको हो । शुक्रबार प्रहरीमा जाहेरी परेपछि चौधरीलाई उनकै घरबाटै पक्राउ गरिएको हो । पक्राउ परेका चौधरीमाथि जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जनाइएको छ ।

