सत्ता गठबन्धन भित्रका ५ दलीय गठबन्धनको जिल्ला स्तरीय बैठक कलैयामा सम्पन्न भएको छ ।
नेपाली कांग्रेसको जिल्ला सभापति राजेशराय यादवको सभापतित्वमा सम्पन्न गठबन्धनको बैठकमा नेकपा माओवादीका अध्यक्ष अनिल श्रेष्ठ, जसपाबाट जिल्ला अध्यक्ष अजय पटेल, नेकपा एसका जिल्ला अध्यक्ष सुन्दर विश्वकर्मा, जनमोर्चाका जिल्ला अध्यक्ष जीवन कुमार भट्टराई लगायतको सहभागिता रहेको बैठकले गठबन्धन कायम राख्ने निर्णय गरेका थिए । गठबन्धनको बैठकले १६ वटा स्थानीय निकायमा जिल्ला प्रतिनिधि पठाई नेपाली कांग्रेसका पालिकामा रहेका सभापतिको अध्यक्षतामा ५ दलीय गठबन्धनको बैठक गरी बैशाख २ गते ४ बजे भित्रमा निर्णय जिल्ला स्तरीय संयन्त्रमा पठाउने गरी निर्देशन दिने निर्णय भएको मधेश प्रदेशका सभापति चन्द्रशेखर यादवले जानकारी दिए । पालिकाहरुको बैठक आयोजना गर्दा सम्बन्धित क्षेत्रीय सभापति र प्रदेशबाट खटि आएका प्रतिनिधिको रोहबरमा बैठक राख्न समेत पालिकाहरुलाई जिल्ला स्तरीय ५ दलीय गठबन्धनले उर्दी जारी गरेको गरेको छ ।
बैशाख ३ गते जिल्ला स्तरीय गठबन्धनको बैठक गर्ने निर्णय भएको हँुदा एक दलका सभापतिले १ जना प्रतिनिधि सहित अनिवार्य उपस्थित हुनका लागि आग्रह गर्ने निर्णय गरिएको मधेश प्रदेशका उपसभापति यादवले बताए । बैठकमा जसपाका मधेश प्रदेशका अध्यक्ष रामबाबु यादव, नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादव, सहमामन्त्री जयनारायण यादव, जिल्ला सचिव राजेश रौनियार, माओवादी केन्द्रका केन्द्रीय सदस्य गोपाल ठाकुर, नेकपा एसका पोलिटब्यूरो सदस्य दिनेश राई, जसपाका केन्द्रीय सदस्य रामकिशोर यादव, लगायतको सहभागिता रहेको थियो ।

