२०७९ बैशाख ४, आईतवार ०७:४६

जनकपुरधाम । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदेश त्रिपाठीले आसन्न स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले मधेश प्रदेशका विभिन्न स्थानीय तहमा उम्मेदवारी दिने बताएका छन् ।

तराई मधेश भ्रमणको क्रममा शनिबार जनकपुर आएका अध्यक्ष त्रिपाठीले पार्टीको संगठन भएको स्थानीय तहमा आफूहरुले पनि उम्मेदवारी दिने बताए । पार्टी नयाँ भएकोले सबै स्थानीय तहमा अझै संगठन बन्न नसकेको बताउँदै अध्यक्ष त्रिपाठीले भने,‘ अहिले सम्म निर्वाचनको कसैसँग गठबन्धन गर्ने विषयमा निर्णय हुन सकेको छैन । तर पार्टीले एजेण्डासँग मेल खाने दलसँग गठबन्धन गर्न सकिन्छ ।’ स्थानीय तहको निर्वाचन गैर राजनीतिक दलको हुनुपर्नेमा जोड दिँदै उनले भने,‘ अधिकांश मुलुकमा स्थानीय तहमा गैर राजनीतिक दलको हुन्छ । तर हाम्रो देशमा अझै पनि पुरानै परम्पराहो हिसाबले हुने गरेको छ ।’ मुलुकका तीन वटै तहभन्दा स्थानीय तह बजेट र अधिकारको हिसाबले बलियो भएकोले बताउँदै अध्यक्ष त्रिपाठीले स्थानीय तहले सहि ढंगले विकास नगर्दा मुलुक विकास निर्माणमा अझै पछाडि परेको बताए । आफ् नो पार्टी भष्टाचारलाई शुन्यमा झार्ने तथा किसानहरुको मुद्दालाई प्राथमिकतामा राखेर निर्वाचनमा सहभागी हुने उनले बताए ।

अर्थतन्त्र जस्तै राजनीतिमा बिचौलियाहरुको दबदवा बढेको बताउँदै उनले त्यसलाई समाप्त गर्नु अहिलेको आवश्यकता रहेको बताए । तत्कालीन दुई नम्बर प्रदेशका नेताहरुले आठ जिल्लालाई मधेश प्रदेश बनाएर देशको एजेण्डालाई कमजोर बनाएको उनले आरोप लगाए । मधेशी जनताको अधिकारको लागि आफुले ठूलो संघर्ष गरेको बताउँदै अध्यक्ष त्रिपाठीले भने,‘ म पनि मधेशी नै हो । मधेश आन्दोलनलाई सफल बनाउन अहो रात खटेको व्यक्ति हुँ । तर मधेशका दुई नम्बरी नेताहरुले मधेशसँग वेईमानी गरे । पश्चिम मधेशमा स्थानीय तहको चुनावमा वहिस्कार गर्न लगाएर र पछि उनीहरु नै स्थानीय तहको निर्वाचनमा सहभागि भए । त्यसैले यिनिहरुकै व्यवहार र क्रियाकलापले आफु स्वतन्त्र रुपमा सुर्य चुनाव चिन्ह लिएर निर्वाचनमा लडनु परेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News