२०७९ बैशाख ४, आईतवार १४:१३
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा कुनै पनि पार्टीसँग गठबबन्धन नगरी आफ्नै बलबुतामा स्थानीह तह निर्वाचनमा जनताबीच जाने बताएका छन ।
आईतबार जनकपुरधाम विमानस्थलमा संचारकर्मीहरुसंग कुराकानी गर्दै, अध्यक्ष लिङ्देनले राप्रपाको कुनै पनि राजनीतिक दलसंग औपचारि गठबन्धनको तयारी वा कुराकानी नभएको बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा राप्रपाले राम्रो नतिजा ल्याउने आश रहेको विश्वास व्यक्त गर्नुभयो । राप्रपाले मौका पाउने वित्तिकै नेपालमा राजसंस्था ल्याउने र हिन्दु राष्ट्र समेत घोषणा गर्ने बताउनुभयो ।
धनुषाको विरन्द्रबजारमा पार्टी प्रवेश एवम स्थानीय तह निर्वाचन केन्द्रित सम्बोधन कार्यक्रममा भाग लिन अध्यक्ष लिङ्देन र पार्टीकी केन्द्रीय सदस्य एवम् नायिका रेखा थापा आएका हुन ।

