अपडेट 
२०७९ बैशाख ५, सोमबार ०७:३१

जनकपुरधाम । जनकपुरधाममा सम्पन्न ‘जनकपुरधाम टि–२० ’प्रतियोगिताको उपाधि धनुषा रोयल क्रिकेट एकेडमीले जितेको छ ।

जनकपुर क्रिकेट एकेडमीलाई ४९ रनले पराजित गर्दै धनुषा रोयल क्रिकेट एकेडमीले उपाधि जित्न सफल भएको छ । धनुषा रोयलले फाइनलमा दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको जनकपुर मात्र १ सय ८ रनमा अलआउट भएको थियो । जनकपुरका लागि वीरेन्द्र सहनीले १७, राम यादवले १५ र हरिशंकर साहले १३ रन बनाउन बाहेक कुनै पनि ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् । धनुषा रोयलको गेंदबाजीमा रुपेश यादव र नवीन यादवले २/२ विकेट लिएका थिए । यसअघि पहिले बल्लेबाजी गरेको धनुषा रोयल विशाल सुश्लिङ्गको ५१ रनको अर्धशतकीय पारीको सहयोगमा निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १सय ५७ रनको स्कोर खडा गरेको थियो । त्यस्तै इमरान शेखले ३३ र हिमांशु दत्तले २८ रनको योगदान गरे ।जनकपुरको बलिङ्गमा हरिशंकर साह र सुजित मण्डलले २/२ विकेट लिएका थिए । जितसँगै धनुषा रोयल क्रिकेट एकेडमीलाई ५१ हजार राशिको पृुरस्कार प्रदान गरिएको छ ।

आइतबार आयोजित एक समारोहबीच विजेताहरुलाई उपाधि पूर्व खेलाडी एवम् समाजसेवी दीपेन्द्र ठाकुर लगायतका व्यक्तिहरुले प्रदान गरेका थिए । त्यस्तै, दोस्रो हुने टिम जनकपुर क्रिकेट एकेडमीलाई २५ हजार राशिको पुरस्कार प्रदान गरिएको प्रतियोगिताका संयोजकसमेत रहेका जिल्ला क्रिकेट संघ धनुषाका सदस्य सरोज मिश्रले बताए ।

Comment


Related News

Latest News

Trending News