२०७९ बैशाख ७, बुधबार ०७:२५

स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरे का सत्ता गठबन्धनका पाँच दलले महानगरपालिकाका मेयर र उपमे यर पदको भागबन्डा गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले छ वटा महानगर पालिकाको मेयर र उपमेयर पदको भागबन्डा गरेको हो । तर, त्यसबारे औपचारिक निर्णय भने भएको छैन । जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पार्टीको कामले गोरखामा रहेका कारण उनी दुवै जना आएपछि बैठकको निर्णय सार्वजनिक र उप–महानगर को निर्णय गर्ने भएको छ । दुई नेता अनुपस्थित भएपछि भागबण्डालाई अन्तिम रुप दिन सकिएको थिएन । एकीकृत समाजवादी पार्टीका ने ता विजय पौडेलका अनुसार दुई नेताको आगमनसँगै यतिबेला सहमतिको मस्यौदा तयार हुँदैछ । गठबन्धनमा महानगर र उपमहानगर को भागबण्डा करिब मिलिसकेको छ ।

बैठकमा सहभागी एक ने ताका अनुसार गठबन्धनको सबै भन्दा ठूलो दल नेपाली कांग्रेसले काठमाण्डु, ललितपुर र विर ाटनगर महानगरपालिकाको मे यर पाएको छ । नेकपा माओ वादी केन्द्रले भरतपुर, जसपाले वीरगन्ज र नेकपा (एकीकृत समाजवादी)ले पोखरा महानगर पालिकाको मेयर पाएका छन् । त्यस्तै, उपमेयरतर्फ वीरगन्ज, भर तपुर र पोखरा महानगरपालिकाको उपमेयर नेपाली कांग्रेसले लिएको छ भने ललितपुरको उपमेयर माओवादी केन्द्रले पाएको छ । काठमाण्डुको उपमे यर एकीकृत समाजवादी र विराटनगर को उपमेयर जसपाले पाएको छ । दलहरूले अघिल्लो निर्वाचनमा जिते का स्थानीय तहलाई प्राथमिकतामा र ाखेर भागबन्डा गरेका हुन् । ‘मोटामोटी सहमति बनेको छ । तर, लिखित निर्णय हुन बाँकी छ,’ ती नेताले भने, ‘सामान्यतः माइन्युट नभएसम्म निर्णय भएको मानिँदैन, त्यो हुन बाँकी छ ।’

सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महानगरपालिका र उपमहानगर पालिकाका प्रमुख र उपप्रमुखको सिट बाँडफाँटबारे छलफल गर्न बसे को बैठक सहमतिनजिक पुगेको बताए । ‘हामी सहमतिको नजिक पुगेका छौं, महानगर र उपमहानगर पालिकाको प्रमुख र उपप्रमुख सबै पदको बाँडफाँड एकैपटक सार्वजनिक गर्छौं,’ उनले भने ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=I1Sk_gr6Ew0

Comment


Related News

Latest News

Trending News