अपडेट 
२०७९ बैशाख ७, बुधबार ०७:३८

बैसाख ३० माहुन गइरहेको चुनावको मिति हरेक दिन कम हुँदैछ । हरेक दिन कम हुँदै जाँदा अब धेरै दिन बाँकी छैन । धेरै दिन बाँकी नरहेको चुनावको वातावरण बनिरहेको देखिन्छ । विस्तारै सामाजिक संजालतथा संचारका अन्य साधनहरुमा चुनावका सन्दर्भ र प्रसंगहरु आइरहेका छन् । मुख्य गरी राजनीतिक दलहरुको सक्रियता धेरै बढेको छ । फलानो पालिकाको फलानो पार्टीको फलानोले टिकट पाउन पक्का भइसक्यो, फलानाको हातमा टिकटै छ, फलानो कारणले फलानोले टिकट पाउँदैछ । फलानो पार्टीबाट फलानो मानिस टिकटकै कारण फलानो पार्टीमा गए र फलानो पालिकामा फलानो धेरै बलियो छ, फलानो पालिकामा फलानो धेरै बलियो थियो तर फलानो कारणले ऊ कमजोर भइसक्यो । ऊ कमजोर भएको पनि उसलाई थाहा छैन, आफूलाई बलियो नै ठानिरहेको छ ।

राजनीतिक दलहरुको सक्रियता अहिले आन्तरिक रहेको छ । कमजोर दलमा त प्रायः टिकटको धेरै हान थाप छैन तर बलियो दलमा भने टिकटको मारामार चलिरहेको छ । कुनै पनि दल यस्तौ छैन जहाँ कुनै एक पार्टीका अन्यमानिस सोही पार्टीमा चाहिँ प्रति द्वन्द्वीदावेदारका रुपमा नहोऊन् । जितेर राम्रो काम गरेको वान जितेर पनि पार्टी तथा जनताको लागि सक्रिय रहेका मानिसहरुले पनि उम्मेदवारको रुपमा आफूलाई उभ्याउन खोजिरहेका छन् । यसै कारणले यो पनि देखिएको छ कि एउटै पालिकामा एक भन्दा बढी उम्मेदवार भएका छन् । कतिपय पालिका त यस्तो पनि देखिएका छन् कि एउटै पदका लागि सात जना उम्मेदवार छन् । एउटै पदका लागि एउटै पालिकाबाट सात जना सम्म उम्मेदवार हुन चाहने इच्छा राख्नु भनेको पार्टीको वर्चस्व बढेको र पार्टी प्रति सर्वसाधारणको विश्वासमा वृद्धि भएको पनि हो किन भने जहाँ पार्टीमा जनसमर्थन छैन, त्यहाँ उम्मेदवार हुन पनि कोही चाहँदैनन् । अहिले टिकटको दाबी गर्नेहरु धेरै छन् । धेरैलाई यस्तो लागेको छ कि मेयरमा फलानोको टिकट निश्चित हुँदा वडामा फलानोको र उपमेयरमाफलानाको हुन्छ । यदि फलानाको ठाउँमा फलानोको हुन गयो भने वडा ध्यक्षमा फलानोको निश्चित छ ।

यसरी एक अर्का माथि आशा र अविश्वासको भुमरी सामाजिक वातावरणमा अब उत्कर्ष तिर बढ्दो छ । यही अब केही दिन मै उम्मेदवारहरुले मनोनयन दर्ता गराउने समय आउँदैछ । यस पटक दुई दिन उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने समय तोकिएको छ । यही दुई दिनमा भने यी र यस्ता धेरै जिज्ञासाको समाधान पनि हुने देखिन्छ । अहिलेको समाजमा यस्तो पनि वातावरण देखिएको छ कि एक ठाउँबाट टिकट नपाउने वातावरण बनेको छ भने अर्को ठाउँमा गएर आफूलाई निश्चिन्त पारेका छन् तर पनि निश्चित भन्न सकिरहेका छैनन् । चुनावमा टिकटको कुरो पार्टी प्रति योगदानको आधार मात्र रहेको वर्तमानमा देखिएको छैन । टिकटको कुरोलाई नवप्रवेशीले पनि प्रभावित पारेको देखिन्छ । कति पय पार्टीमा पहिलेदेखि योग्य मानिस रहेको भए पनि पछिल्लो चरणमा टिकट पाउने शर्तमा नै पार्टी भित्र प्रवेश गर्ने लहर चलेकोले यस्तो सम्भावना केही बढी भएको देखिएको छ । स्थानीय चुनावको महत्व यस भन्दा माथिको व्यक्ति वा संस्थाले पनि बढाएको छ । जसरी अहिलेसम्म मेयरमा जितेका अधिकांशले सोहीपदलाई निरन्तरता दिन चाहेका छन् । यस्ता मानिस निकै कम छन् जसलाई पालिका भन्दा माथिल्लो स्तरको संरचना प्रदेश मन परेको हुनुपर्छ । पालिकाको प्रमुखमा निर्वाचित जनप्रति मध्ये कति जना यस्ता होलान् जो एक तहतल वडा ध्यक्ष वा एक तह माथि प्रदेश सभा सदस्यमा जान मन पराएका छन् ?

निसन्देश सबै यही दोहोरिन चाहेका छन् र प्रदेश सभा सदस्य देखि संघीय संसदका सहस्य रहेकाहरुले बरु पालिकाको प्रमुखमा चासो देखाएका छन् । यसले गर्दा समाजमा यो स्पष्ट भइसकेको छ मिवर्तमान आवस्थामा राजनीति गर्नेको लागि प्रदेश वा प्रतिनिधि सभामा पुगेर मात्र ठूलो नेता भइँदैन । कार्यकारी अधिकार प्रदेश वा प्रतिनिधि सभाको मन्त्रीपदमा गएपछि मात्र पाइने हो तर पालिकाको चुनावमा मेयर पदमा जित्नु नै कार्यकारी अधिकार प्राप्त गर्नु हो । आज भोलि प्रदेश सभा वा प्रतिनिधि सभाका सदस्यका नजिक मानिस कुनै कामलिएर जानुभन्दा बढी बरु वडा ध्यक्षको नजिक पुग्दछन् । वडा ध्यक्षको नजिक काम लिएर पुग्नेहरु बढी हुनुले पनि प्रदेश सभा वा प्रतिनिधि सभाका कतिपय सदस्यको ध्यान यही पालिका प्रमुख तिर गएको हुनुपर्छ । पालिका प्रमुखले साँच्चै सरकार हुनुको हैसियत देखाइसकेको र सरकारको प्रमुख हुनाको नाताले कम्तीमा साढे चार वर्ष भएको अभ्यासले धेरैको ध्यान तानेको हो । यस अर्थमा पनि समाजमा चुनावको वातावरण अलिक बढी बन्न पुगेको हो । यसले गर्दा समाजमा अहिले सबै भन्दा बढी चर्चा नै उम्मेदवारको हुने गरेको छ । फलानो चाहिँ फलाना पार्टीबाट उम्मेदवार हुँदा फलानो बलियो वा फलानो कमजोर हुन्छ भन्ने सम्म विचार गरिरहेका छन् । हुन त यस वर्षको होली चाहिँ चुनावमय भएको थियो तर नयाँ वर्ष चाहिँ धेरे उत्साहमा देखिएको थिएन ।

नयाँ वर्षको समयमा धेरै उम्मेदवारहरु गाउँमै, कार्यकर्ताहरु गाउँमै व्यस्त रहेकाले पनि नयाँ वर्षमा कम उत्साह देखिएको हो । निर्वाचित जनप्रतिनिधिहरुले नयाँ वर्षको समय कतै पिकनिक वा टूर गरेर मनाउनु भन्दा आफ्नै घरमा सानो तिनो भोज गरेर मनाएकिनभने कतै पिकनिक मनाउन जाँदा धेरै भीड हुने वा कोही छुट्यो भने रिसाउने डर हुन्थ्यो तर घरमा आउने जतिलाई खानपानको व्यवस्था गर्न सजिलो हुन्थ्यो र जति धेरै मानिस आए पनि असन्तुष्ट हुन सक्दैनथ्यो । अर्को फाइदा यो पनि हो कि धेरै युवाहरु घर भन्दा बाहिर वनभोज खान रुचाउँ छन् र यस दिन बाहिर जाँदा जनप्रतिनिधिलाई धेरै खर्च हुने अवस्था आउँदैन । यस सँगै जोडिएको अर्को पक्ष यो पनि हो कि घर भन्दा बाहिर जति स्वच्छन्द रुपमा सबैले खान पान गर्दछन्, त्यत्ति स्वच्छन्द घरमा सामाजिक र पारिवारिक कारणले पनि हुन पाउँदैनन् । यस कारण चुनावको माहौल भए पनि धेरै मानिसले यस वर्ष नयाँ वर्ष नयाँ वर्ष जस्तो मनाएको देखिएन । अहिले अब मतदानको दिन एक महिना भन्दा कम छ । एक महिना भन्दा कम समय बाँकी रहँुदा चुनावको धेरै किसिमले तयारी भइसकेको छ । म उम्मेदवार छु भन्नेमा धेरै जनाले मानसिक र भौतिक रुपमा तयारी गरेका छन् । मानसिक तयारी त धेरैले गर्नु स्वाभाविक हो तर भौतिक तयारीको लागि पार्टीले टिकट दिनुपर्छ ।

यदि पार्टीले टिकट दियो भने कार्यकर्ताको परिचालन कसरी गर्न, गाउँ गाउँ र टोल टोलका मतदाता समक्ष कसरी पुग्ने, कसरी आफ्नो पक्षमा जनमत छ भन्ने कुरो निरन्तर देखाउने, ठूला मानिस र राम्रा तथा प्रभावकारी मानिस आफ्नो पक्षमा रहेको देखाउन के के गर्ने तथा यी सबै कामको लागि खर्चको जो हो कहाँबाट गर्ने भन्ने जस्ता पक्षमा भावी उम्मेदवारले निकै सतर्कता पूर्वक ध्यान दिएका छन् । यी सबै पक्षमा ध्यान दिएका उम्मेदवारहरुले आफ्नो पक्षमा मतदातालाई ल्याउनका लागि प्रत्यक्ष र अप्रत्यक्ष कसरत सुरु गरिसकेका पनि छन् । टिकट नपाउँदा वा उम्मेदवारको रुपमा औपचारिक रुपमा आफूलाई मनोनय नगरि नसकेका भए पनि सम्भावित उम्मेदवारहरुले आफूलाई सामाजिक संजालमा उभ्याइरहेका छन्, उभ्याउन लगाइरहेका छन् र आफ् ना अन्य गतिविधिहरुले आफूलाई चुनाव केन्द्रित बनाइरहेका छन् । साथै संचार माध्यमहरुमा निरन्तर चुनाव केन्द्रित समाचार हरु आइरहेका छन् । आइरहेका समाचारहरुले सर्वसाधारणको मनोविज्ञानलाई पनि चुनाव केन्द्रित बनाइरहेको छ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । अहिलेको समयमा धेरै जिल्लाको मतपत्र छापिइ सकिएको पनि खबर आएको छ । धेरै ठाउँमा म्यादी प्रहरीको तालिम भइरहेको छ ।

यसरी चुनावमा सरकारले देखिने र नदेखिने गरी दुवै किसिमका कामहरु समयानुसार गरिरहेको छ । अब केही दिनमा जब उम्मेदवारको मनोनयन दर्ता हुन्छ र उम्मेदवार माथि छानबिन भई उम्मेदवारको अन्तिम नामावली प्रकाशन भई उम्मेदवार हरुले चुनाव चिन्ह पाउँछन् तब अहिलेको भन्दा अझ फरक किसिमले चुनावी वातावरणको समाज बन्न पुग्दछ । सबैले के अनुमान गरिरहेका छन् भने यस पटकको चुनाव केही महँगो हुन्छ । पहिलेभन्दा बढी सुझ बुझका साथ नागरिकले चुनावमा मत हाल्छन् । सबैले मतहाल्ने कुरामा सावधानी अपनाउनु धेरै राम्रो पनि हो । चुनावमा एक चोटि मतहालेर पाँच वर्ष पछुताउनु राम्रो होइन । यस कारण देशका मतदाताले स्थानीय सरकारको चयनमा सावधानी अपनाउनु उचित हुन्छ । र अहिलेको अवस्थामा सबैले चाहेको यो पनि हो कि सबै मतदाताले आफ्नो मत शान्ति पूर्ण वातावरणमा उपयोग गर्न पाऊन् । शानित पूर्ण चुनाव सारा नेपालीको चाहना हो । हामीले पनि हाम्रो तर्फबाट यस स्थानीयतहको चुनावलाई अत्यन्तै मर्यादित र शान्ति पूर्ण बनाउन ससबै पक्षलाई सम्भव भए सम्मको सहयोग गरी सभ्यनागरिक हुनुको कर्तव्य निर्वाह गर्ने तर्फ केन्द्रित गरौँ । हरेक नागरिकले चुनावमा सकारात्मक र रचनात्मक शान्तिपूर्ण भूमिका निर्वाह गर्नुपर्छ र यस किसिमको वातावरण बनाउन आफूले सक्रिय भूमिका निर्वाह गर्नु पर्छ ।

Comment


Related News

Latest News

Trending News