२०७९ बैशाख ७, बुधबार १५:०९

सर्वोच्च अदालतले ठेकेदारलाई शर्तसहित उम्मेदवार बन्ने बाटो खुला गरिदिएको छ । निर्वाचन आयोगलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर रिटमाथि सोमबार सुनुवाई गर्दै सर्वोच्चले ठेकेदारलाई शर्तसहित उम्मेदवार बन्ने बाटो खुला गरिदिएको हो ।

दायर रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको इजलासले यस्तो आदेश दिएको हो ।

आदेशमा सम्बन्धित पालिकामा ठेक्का कारोबार नभएका ठेकेदारलाई मात्रै उम्मेदवार बन्नसक्ने उल्लेख छ । ‘स्थानीय तहको निर्वाचनमा आफ्नो ठेक्का कारोबार भएको स्थानीय तह बाहेकका अन्य स्थानीय तहमा उम्मेदवार हुनबाट नरोक्नु भनी प्रत्यर्थी निर्वाचन आयोगका नाउँमा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ को उपनियम (२) को खण्ड (क) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ’, सर्वोच्चको आदेशमा भनिएको छ ।

Comment

Related News

Latest News

Trending News