२०७९ बैशाख ७, बुधबार १५:३५

गृहमन्त्रालयद्वारा स्थानीय तहको चुनाव लक्षित सुरक्षा याेजना लागू गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।

मन्त्रालयले सबै जिल्लामा ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ अनुसारको सुरक्षा योजना लागु गर्न निर्देशन दिएको हो।

मन्त्रालयले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ १० चैतमा सबै जिल्लामा पठाएको थियो । उक्त सुरक्षा नीति कार्यान्वयन गर्न गृहले पुनः पत्र पठाएको गृहमन्त्रालय स्राेतले जनाएकाे छ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गृहले तयार पारेको चुनावी सुरक्षा योजना लागू गराउन सबै जिल्ला प्रशासनलाई अनुरोध गरी परिपत्र गरिएकाे छ ।

Comment

Related News

Latest News

Trending News