अपडेट 
२०७९ बैशाख ८, बिहीबार ०७:१३

जनकपुर टुडेको वैशाख ४ गते आइतवार प्रकासित निर्वाचन आयोग सम्बन्धी समाचारको ‘शीर्षक चयनमा असावधानी भएको प्रति क्षमायाचना’ गर्दछौ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्धारित मितिमै निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरेका छन् ।

शनिबार जनकपुरधाममा स्थानीय तह निर्वाचन २०७९ मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । निर्वाचनको मिति पछि धकेलिएमा मुलुक दुर्घटनामा फस्ने सम्भावना रहेको बताउँदै निर्वाचनको मिति चाहेर पनि सार्न नसकिने बताए ।

उनले भने, ‘क्षेप्यास्त्र प्रक्षेपण भएपछि त्यसलाई तलमाथि गर्ने प्रयास गरियो भने दुर्घटना हुन्छ, त्यसैले निर्वाचन निर्धारित मिति मै हुन्छ ।’ उनले यसै वर्षभित्र प्रदेश, प्रतिनिधिसभा, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन गर्ने तयारी आयोगले गरिरहेको बताए । निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले हुने बताउँदै उनले आचारसंहितको उल्लंघन नगर्न आग्रह गरे । ‘निर्वाचन आचारसंहिताको उलंघन गर्नेलाई कारवाही हुन्छ’ प्रमुख आयुक्त थपलियाले भने, ‘केहीसँग स्पष्टीकरण समेत सोधिसकिएको छ ।’

उनले निर्वाचन आचारसंहितालाई हेर्नका लागि हरेक स्थानीय तहमा संयन्त्र बनाइएको बताए ।

 

 

Comment


Related News

Latest News

Trending News