धनुषा प्रहरीले सिटिइभिटीको परीक्षा केन्द्रबाट एक जनाम नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर–५ बस्ने २२ वर्षीय रामकृष्ण साह (नक्कली विद्यार्थी) र सर्लाहीको बह्रमपुरी गाउँपालिका वडा नम्बर–२ बस्ने २० वर्षीय लक्ष्मी नारायण झा (सक्कली विद्यार्थी) रहेका छन् ।
सिटिइभिटी बोर्डबाट सञ्चालित परीक्षामा नक्कली परीक्षार्थी सहभागि भएको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको मोनाष्टिक आवासीय विद्यालयको परीक्षा केन्द्रमा ‘प्री डिप्लोमा इन सर्भे इन्जिनियरिङ्ग’ को परीक्षामा परिक्षार्थी लक्ष्मी नारायण झाको ठाउँमा रामकृष्ण साहले परीक्षा दिईरहेको अवस्थाबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
साथै नक्कली परीक्षार्थी खडा गर्ने लक्ष्मी नारायण झालाई समेत सोही परीक्षा केन्द्रको वरिपरी घुमिरहेको अवस्थामा पक्राउ गरी दुबैजना उपर शिक्षा ऐन अन्तर्गत म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=gTbjlsup3As&t=4s


