रौतहट । रौतहट जिल्लाको गरुडा नगरपालिका– ७ भिमडाबरका दलित समुदायका महिलाहरुले तालिममा सहभागी गरेर यातायात खर्च नदिएको भन्दै नगरपालिका कार्यालय गरुडामा विरोध प्रदर्शन गरेकी छिन् ।
लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तर्गत संचालन गरिएको ४ दिने प्रशिक्षण कार्यक्रममा सहभागी गरेर ८ दिनको हस्ताक्षर गराई रकम अनियमितता गरेको आरोप दलित समुदायका महिलाहरुले लगाएकी छिन् । गरिव परिवारका महिलाहरुलाई आर्थिक रुपमा सवल बनाउने उद्देश्यले नेपाल सरकारले ग्रामीण उद्यमी विकास कार्यक्रम संचालन गरेका छन् । कार्यक्रम संचालनको लागि २७ लाख रुपैयाँ रहेको कार्यक्रमका स्रोत व्यक्ति चुनचुन यादवले जानकारी दिए । गरिवी निवारणको लागि संचालित कार्यक्रममा उद्यमी महिलाहरुलाई सीपमूलक तालिम दिने र सीप सिकेपछि उत्पादन गरेको सामग्रीको बजार व्यवस्थापन गर्ने लक्ष्य कार्यक्रमको रहेको छ । गाउँमा तालिम गराउनु पर्नेमा त्यहा नगराई शिवनगरमा तालिम गराएको र तालिममा सहभागी भएको बापतमा पाउनु पर्ने रकम समेत नदिएको स्थानीय महिला सुशिला देवी रामले आरोप लगाएकी छिन । विरोध प्रदर्शनमा सहभागी भएकी विजुल्बती देवी राम, कोशीला देवी राम, निभा देवी राम, महेजर देवी राम, सुनिता देवी राम, ममता देवी राम, किरण देवी, सपना देवी , श्रीपति देवी राम लगायतका सहभागी ३३ जना महिलाले तालिमको रकम चुनचुन यादवले अनियमिता गरेको आरोप लगाएकी छिन् ।
उनीहरुले तालिम गरेपछि भत्ता दिने भनेको र माग्न आउदा भत्ता दिने व्यवस्था नरहेको बताएको जानकारी दिइन् । उद्यम विकास सहजकर्ता सिन्कु यादव, सरीता मण्डलले ४ दिन सम्म मैनबती बनाउने तालिम दिएको र ३ महिनाको हाजिरी गराएको आरोप समेत लगाएकी छिन् । सहजकर्ता मण्डलले १ दिने अभिमुखीकरण कार्यक्रम, १ दिने ग्रामीण लेखा जोखा सम्वन्धी प्रशिक्षण , ८ दिने ग्रामीण उद्यमशिलता सम्वन्धी सीप सिकाउने योजना रहेकोमा सोही अनुसार कार्यक्रम सञ्चालन गरेको बताइन् । उनले ४ दिने तालिम संचालन गरिएको स्वीकार गरेपनि भत्ता दिने व्यवस्था रहेको बा नरहेको भने बारे आपूmलाई कुनै जानकारी नभएको बताइन् । सीपमूलक तालिम प्रदान गर्ने र सहभागीको खाजा खर्च मात्र दिने व्यवस्था रहेको जानकारी कार्यक्रमका स्रोत व्यक्ति यादवले जानकारी दिए । २० लाख रुपैया खाजा खर्च र स्टेसनरी खर्च तथा प्रशिक्षकको पारिश्रमिकको लागि खर्च गरिने निर्देशिका मा व्यवस्था गरिएकोले रकम अनियमितता नभएको उनले दावी गरे । २०७८ माघ १० गते देखि शुरु भएको कार्यक्रममा सहभागीहरुले कुनै किसिमको गुनासो नगरी अहिले निर्वाचनको बेला विपक्षीको बहकाउमा परेर विरोधमा उत्रेको टिप्पणी गरे ।
निमित प्रमुख प्रशासकीय अधिकृत रामबाबु यादवले महिलाहरुलाई आउँदो बुधवार सम्म समस्याको समाधान गर्ने आश्वासन दिएका छन् ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=gTbjlsup3As&t=4s


