२०७९ बैशाख ९, शुक्रबार ०७:३४

रौतहट । नेपाली कांग्रेसका कार्यकर्ताले विहीवार गौर स्थित नेपाली कांग्रेसको पार्टी कार्यालय घेराउ गरेको छ ।

रौतहट जिल्लाको इशनाथ नगरपालिकाको नगर प्रमुख पदका दावेदार रहेकी अन्जु झा को समर्थक हरुले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट झालाई नै मेयरको उम्मेदवार बनाउनु पर्ने माग राख्दै पार्टी कार्यालय घेराउ गरेका थिए । नेपाली कांग्रेसका प्रदेश सांसद नागेन्द्र प्रसाद सिन्हाले आफ्नो श्रीमती कौशल्या देवी सिन्हालाई उम्मेदवार बनाउन आफ्नो समर्थक लिएर पार्टी कार्यलय घेराउ गरेर आफ्नो श्रीमतीको पक्षमा नारावाजी गराएका थिए । श्रीमान प्रदेश सांसद र श्रीमती मेयर हुनु पर्ने प्रदेश सांसदको माग रहेको छ । पार्टीले अधिकारिक निर्णय नगरेको जिल्ला सभापति सुनिल यादव जितेन्द्रले जानकारी दिए । दुवै पक्ष ले आ–आफ्नो दाबेदारी गरे पनि जिल्ला कार्य समितिले अधिकारीक निर्णय लिन सकेको छैन । दुवै जना मध्ये कुनै एक जनालाई पार्टीले निर्णय गरेर उम्मेदवार बनाउने उनको भनाइ छ । धेरै दिन देखि प्रचार प्रसार र संगठन निर्माणमा लागेको कारण टिकट आफूले पाउनु पर्ने माग अन्जु झा को रहेको छ ।

गत निर्वाचनमा पराजित भएकी कौशल्या देवी सिन्हाले जनमत हाम्रो पक्षमा रहेको हुँदा पार्टीले आपूmलाई उम्मेदवार बनाउनु पर्ने अडानमा रहेका छन् ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=gTbjlsup3As&t=4s

Comment

Related News

Latest News

Trending News