२०७९ बैशाख ९, शुक्रबार ०७:४३
बारा । बारामा मोटरसाईकल दुर्घटनामा परी एक जना जना सञ्चारकर्मीको मृत्यु भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका–२ मुसर्नीमाईमा बिहीबार विहान मोटरसाईकल दुर्घटना भएको थियो । मृत्यु हुनेमा पर्सा जिल्ला बीरगञ्ज महानगरपालिकाको सोलखपुरका ३१ बर्षीय रमेश चौलागाई रहेका छन् । सिमराबाट सोलखपुरतर्फ जादै गरेको ना १९प ८८१८ नम्बरको मोटरसाईकल विद्युत्को पोलमा ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । चौलागाईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाए । घटनालगत्तै सिमरास्थित अल्पाईन अस्पतालमा ल्याइएका चौलागाईलाई चिकित्सकले मृत घोषित गरेका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।
please subscribe our official YouTube channel and support us.
https://www.youtube.com/watch?v=gTbjlsup3As&t=4s


