२०७९ बैशाख ९, शुक्रबार १५:१८

वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले पदबाट राजीनामा दिएका छन्।

आसन्न स्थानीय तह निर्वाचनमा फेरि पनि वीरगन्ज महानगरको मेयरमा नेकपा एमालेकातर्फबाट उम्मेदवारी दिने भएका सरावगीले मेयर पदबाट राजीनामा दिएका हुन्।

एमाले महानगर कमिटी र प्रदेश कमिटीले वीरगन्ज महानगरको मेयरमा सरावगीको एकल नाम केन्द्रीय कमिटीमा सिफारिस गरिसकेको छ। सरावगीले बिहीबार महानगरपालिका कार्यालयमा पुगेर महानगरकी उपमेयर शान्ति कार्कीलाई राजीनामा पत्र बुझाएका हुन्।

उम्मेद्वारी दर्ता गर्नुभन्दा पहिले पदबाट राजीनामा दिनुपर्ने कानुनी प्रावधान भएका कारणले आफूले राजीनामा दिएको सरावगीले बताए। यसअघि बिहीबार नै सरावगीले आफूले प्रयोग गर्दै आएको महानगरपालिकाको सरकारी गाडी र त्यसको साँचोसमेत प्रमुख प्रशाकीय अधिकृत निष्चल राज पाण्डेलाई फिर्ता गरेका थिए।

पर्सामा आसन्न स्थानीय तहको निर्वाचनमा फेरि पनि चुनाव लड्ने पालिकाका जनप्रतिनिधिहरु मध्ये राजीनामा दिने सरावगी पहिलो जनप्रतिनिधी हुन्।

Comment

Related News

Latest News

Trending News