जनकपुरधाममा कांग्रेसका सयौँ असन्तुष्ट नेता–कार्यकर्ताहरूले आज सामूहिक राजीनामा दिएका छन् ।
शुक्रबार नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिकाका नगरसभापति मनोजकुमार साहलगायतका नेताहरूले पत्रकार सम्मेलनमार्फत सामूहिक राजीनामा दिएको घोषणा गरेका छन् । गठबन्धनमा कांग्रेसलाई जनकपुरधामको मेयर नपरेपछि यहाँका स्थानीय नेता तथा कार्यकर्ताहरू आक्रोसित भएका छन । नगरसभापति साहले पार्टीको साधारण सदस्य समेत नरहनेगरि पदबाट राजिनामा दिँदै मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
साहसहित नगर सचिव लालबाबु मिश्र, कोषाध्यक्ष विरेन्द्र यादव, वडा नं। १५ का सभापति नन्दलाल साहसहित साढे दुई सय सक्रिय सदस्यले राजिनामा दिएको उनले जानकारी दिएका हुन् । जनकपुरमा काँग्रेस एक्लैले जित्न सक्ने अवस्था रहेको ठाउँमा गठबन्धन गरेर सभापति शेरबहादुर देउवाले ठूलो गल्ती गरेको उनले आक्रोश पोखे । उनले जनकपुरधाममा काँग्रेस बलियो हुँदाहुँदै पनि पार्टीलाई सिध्याउन सभापति देउवाले यस्तो निर्णय लिएको आरोपसमेत लगाए ।
बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठकबाट ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको भागबण्डा मिलाएसँगै जनकपुरधाममा कांग्रेस लगायत असन्तुष्ट पार्टीहरुले विरोध गर्दै आएका छन ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=gTbjlsup3As



